शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • 'नरभक्षी' आन्दोलनबारे नसोच्न प्रधानमन्त्रीको चेतावनी

'नरभक्षी' आन्दोलनबारे नसोच्न प्रधानमन्त्रीको चेतावनी

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले नेपालमा अब नरभक्षी आन्दोलन गर्छु भनेर नसोच्न नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाललाई चेतावनी दिएका छन्। 
 |  शुक्रबार, माघ २३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २३, २०७७

काठमाडौं– प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले नेपालमा अब नरभक्षी आन्दोलन गर्छु भनेर नसोच्न नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाललाई चेतावनी दिएका छन्। 

नेकपा बागमती प्रदेशले शुक्रबार राजधानीमा आयोजना गरेको कार्यकर्ता भेलामा सम्बोधन गर्दै ओलीले दाहाललाई संकेत गर्दै भने, ‘शाकाहारी आन्दोलनले हुँदैन भनेर उहाँले भनेको के हो? उहाँले चिकन चिल्ली खान्छु भनेको हो, उहाँले नरभक्षी आन्दोलन गर्न खोजेको हो।’ 

ओलीले अब नरभक्षी आन्दोलनका दिन गएको बताए । उनले भने, ‘नेपालमा कसैले हिंसा मच्चाउन सक्दैन। नेपाल अशान्तिको भुमरीमा जान सक्दैन। कसैले नरभक्षी आन्दोलन चलाउँछु भन्ने नसोचे हुन्छ।’

उनले आमसभा गर्न राजधानीमा ठूलो ठाउँ नरहेकाले दरबारमार्ग रोजिएको बताए। 

ओलीले सभामा कार्यकर्ताको उपस्थिति देखेर आफूलाई मूल पार्टी कुन हो भनेर अन्योलमा रहनेलाई कठै भन्न मन लागेको बताए।

उनले भने, ‘कम्युनिस्टको ठूलो पार्टी होइन, देशकै मूल पार्टी हो, देश बनाउने पार्टी हो र देशको भौगोलिक अखण्डता बचाउने पार्टी हो।’ 

उनले आजबाट कुन पार्टी मूल पार्टी भन्ने, कुन पार्टी सक्कली र नक्कली पार्टी हो भन्ने फैसला भएको दाबी गरे। ओलीले भने, ‘आज काठमाडौंमा भएको आमसभा नेपालको इतिहासमै सबैभन्दा ठूलो हो।’

प्रधानमन्त्री ओलीले आजको सभा बिथोल्न हिजो दाहाल–नेपाल समूहले नेपाल बन्द गरिएको बताए।

उनले भने, ‘किसानका मूला फ्याँकेर, बूढी आमाले बेच्न राखेको साग फ्याँके र गरिब ट्याक्सी चालकलाई झुक्याएर जलाउन खोजेर क्रान्ति गर्न खोजियो।’ 

प्रकाशित: Feb 05, 2021| 09:02 शुक्रबार, माघ २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।