शनिबार, असार २७, २०८३

टोटेनहमविरुद्ध चेल्सीको संघर्षपूर्ण जित

 इंग्लिस प्रिमियर लिग(ईपीएल) अन्तर्गत बिहीबार राति सम्पन्न खेलमा हेबिवेट क्लब चेल्सीले संघर्षपूर्ण जित निकालेको छ।
 |  शुक्रबार, माघ २३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २३, २०७७

काठमाडौं- इंग्लिस प्रिमियर लिग(ईपीएल) अन्तर्गत बिहीबार राति सम्पन्न खेलमा हेबिवेट क्लब चेल्सीले संघर्षपूर्ण जित निकालेको छ।

टोटेनहम हट्स्परको मैदानमा सम्पन्न खेलमा चेल्सीले घरेलु टिमलाई १–० गोल अन्तरले हराएको हो।

जितका लागि चेल्सीका जर्गिन्होले निर्णायक गोल गरे। खेलको २३ औं मिनेटमा एप्लिक्वेटाले दिएको पास लिने क्रममा चेल्सीका फरवार्ड टिमो वेर्नरमाथि टोटेनहमका रक्षक एरिक डायरले फल गरेका कारण पाहुना टिमले पेनाल्टीको अवसर पाएको थियो।

सोही अवसरको सदुपयोग गर्दै जर्गिन्होले २४ औं मिनेटमा गोल गरेर चेल्सीलाई अग्रता दिलाए। तर त्यसपछि चेल्सीले पाएको सबै गोलका अवसर खेर फालेको थियो।

पहिलो हाफ र दोस्रो हाफमा दुवै टिमबाट अन्य गोल हुन सकेन्। अधिक समय गोलमा नियन्त्रण राखेको चेल्सीले १८ सुट गरेर पनि दुई सुट मात्र लक्ष्यमा प्रहार गरेको थियो। जसलाई टोटेनहमका किपरले सहजै रोक्न सके।

गएरातिको खेलसँगै टोटेनहमका प्रशिक्षक जोस माहोरिन्होलेले पहिलो पटक लगातार दुईपटक होम ग्राउन्डमा हार बेहोरेका छन्। 

त्यस्तै टोटेहमले प्रिमियर लिगमा सन् २०१२ यता पहिलोपटक लगातार तीन खेलमा हार बेहोरेको छ।

यता प्रशिक्षक थोमस टुचेल सुरुआति तीन खेलमै क्लिन सिट राख्ने चेल्सीका पहिलो प्रशिक्षक बने।

यो जितसँगै लिगमा ३६ अंक बनाएको चेल्सी अंकतालिकाको छैटौं स्थानमा छ। त्यस्तै पराजित टोटेनहम भने ३३ अंकका साथ आठौं स्थानमा छ।
 

प्रकाशित: Feb 05, 2021| 02:00 शुक्रबार, माघ २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।