शनिबार, असार २७, २०८३

प्रशिक्षणका लागि क्यानले बोलायो ३२ खेलाडी

आगामी मार्चमा हुने आईसीसी विश्वकप लिग २ को छनोटका लागि नेपाल क्रिकेट संघ(क्यान)ले ३२ खेलाडीलाई प्रशिक्षणमा बोलाएको छ।
 |  शुक्रबार, माघ २३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २३, २०७७

काठमाडौं- आगामी मार्चमा हुने आईसीसी विश्वकप लिग २ को छनोटका लागि नेपाल क्रिकेट संघ(क्यान)ले ३२ खेलाडीलाई प्रशिक्षणमा बोलाएको छ।

उसले एकदिवसीय विश्वकप अन्तर्गतको लिग २ को प्रतियोगिता खेल्ने टिमको छनोटका लागि खेलाडीलाई प्रशिक्षणमा बोलाएको हो।

क्यानले बोलाएका खेलाडीमा पछिल्लो पीएम कपमा उत्कृष्ट प्रदर्शन गरेका नयाँ खेलाडी पनि छन्।

जससमा उत्कृष्ट ब्याट्स्मेन घोषित भएका पृथु वास्कोटा, प्लेयर अफ द सिरिज कमल सिंह ऐरी, इमर्जिङ प्लेयर विवेक यादवलगायत खेलाडी समेटिएका छन्।

साथै सो टिममा सौरभ खनाल, विक्रम शोब, राजेश पुलामी, रोहित पौडेल, सुसन भारी, शाहब आलम, सन्दिप जोरा, आसिफ शेख, सुनिल धमला, कुशल भुर्तेल, ललित राजवंशी, हरीशंकर शाह, रामनरेश गिरी, अर्जुन कुमाल, कृष्ण कार्की, खड्ग बहादुर बोहरा, अर्जुन चुनरा र पवन शर्राफ छन्।

क्यानले यि खेलाडीलाई आगामी २४ माघबाट सुरु हुने पहिलो चरणको प्रशिक्षण क्याम्पमा बोलाएको हो।

बाँकी खेलाडीलाई भने दोस्रो चरणको प्रशिक्षणमा बोलाइएको छ। तर दोस्रो चरणको प्रशिक्षणको मिति भने उल्लेख गरिएको छैन्।

क्यानले बोलाएका बाँकी खेलाडीमा शरद भेषावकर, अविनाश बोहरा, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी, कुसल मल्ल, करण केसी, सन्दिप लामिछाने, विनोद भण्डारी, पारस खड्का र ज्ञानेन्द्र मल्ल छन्।

अब नेपालले लिग २ अन्तर्गत २०२१ मा दुई वटा त्रिपक्षीय सिरिज खेल्नेछ। पहिलो सिरिज मार्चमा ओमनमा आयोजना हुँदैछ।
 

प्रकाशित: Feb 05, 2021| 01:26 शुक्रबार, माघ २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।