आइतबार, चैत १, २०८२

सोमपालले दुई विकेट लिएको खेलमा मराठा अरेवियन्स पराजित

नेपाली क्रिकेट खेलाडी सोमपाल कामीले युनाइटेड अरब इमिरेट्स (युएई)को आबूधाबीमा जारी  टि १० लिगमा दुई विकेट लिएका छन्। 
 |  शुक्रबार, माघ २३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २३, २०७७

काठमाडौं- नेपाली क्रिकेट खेलाडी सोमपाल कामीले युनाइटेड अरब इमिरेट्स (युएई)को आबूधाबीमा जारी  टि १० लिगमा दुई विकेट लिएका छन्। 

National life

डेकेन ग्लाडियटर्स विरुद्धको खेलमा दुई विकेट लिए पनि उनी आबद्ध मराठा अरेवियन्स भने २९ रनले पराजित भएको छ। 

मराठाले टस जितेर पहिला फिल्डिङ रोजेपछि डेकेनले निर्धारित १० ओभरको खेलमा चार विकेट गुमाएर १२० रन बनायो। 

१२१ रनको विजयी लक्ष्य पछ्याएको मराठाले १० ओभरमा तीन विकेट गुमाएर मात्र ९१ रन बनाउन सक्यो। नेपालका बलर कामीले आजको खेलमा उत्कृष्ट खेल प्रदर्शन गरे। उनी एउटै ओभरमा दुई विकेट लिन सफल भए। 

कामीले डेकेनका प्रशान्त गुप्ता र यासिर कलिमको विकेट लिएका हुन्। आफ्नो व्यक्तिगत पहिलो ओभरमा उनले मात्र दुई रन खर्चिए।

Laxmi sunrise bank
kumari

गुप्ता ३५ रनमा तथा कलिमलाई २८ रनमा पेभेलियन फर्र्किर। कामीले दुई ओभरमा मात्र १० रन खर्चिए। कामीले जारी टी १० लिगमा हालसम्म ६ खेलमा तीन विकेट लिएका छन्। 

युएईमा जारी टी १० लिगमा कामीका साथै नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का, कुशल मल्ल र करण केसी खेलिरहेका छन्। खड्का टी १० टिम आबुधाबीको इमर्जिङ ट्यालेन्ट मेन्टरको भूमिकामा रहेका छन्। 

मल्लले आबुधाबी टोलीबाट तथा केसीले पुने डेभिल्स टोलीबाट उक्त प्रतियोगिता खेलिरहेका छन्। 

प्रकाशित: Feb 05, 2021| 01:10 शुक्रबार, माघ २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।