आइतबार, असोज ४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • बीमा क्षेत्रका समस्या समाधानमा खरोरुपमा उत्रनुस् : अर्थमन्त्री

बीमा क्षेत्रका समस्या समाधानमा खरोरुपमा उत्रनुस् : अर्थमन्त्री

बीमा समितिका नवनियुक्त अध्यक्ष सूर्यप्रसाद सिलवालले पद तथा गोपनियताको सपथ लिएका छन्।
 |  बिहीबार, माघ २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २२, २०७७

काठमाडौ- बीमा समितिका नवनियुक्त अध्यक्ष सूर्यप्रसाद सिलवालले पद तथा गोपनियताको सपथ लिएका छन्। उनलाई अर्थ सचिव शिशिरकुमार ढुंगानाले पद तथा गोपनियताको सपथ गराएका थिए।

कार्यक्रममा अवसरमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बीमा क्षेत्रमा रहेका समस्या समाधानका लागि खरोरुपमा उत्रन निर्देशन दिए। मन्त्री पौडेलले आफ्नो कार्यकाल बीमा क्षेत्रका लागि कोसेढुंगा सावित गर्न निर्देशन दिए।

अर्थमन्त्री पौडेलले बीमा क्षेत्रका समस्या केलाउन निर्देशन दिँदै समस्या समाधानका लागि अर्थ मन्त्रालयले सहयोग, सहजिकरण र समन्वय गर्ने बताए।

अर्थ सचिव शिशिरकुमार ढुंगानाले बीमा क्षेत्रले विश्वसनियता कायम गर्नुपर्ने आवश्यता औल्याउँदै बीमा क्षेत्रलाई सबल, सक्षम र प्रतिष्पर्धी बनाउनु पर्ने बताए।

राजस्व सचिव रामशरण पुडासैनीले बीमाको पहुँच बढाउन र बीमा क्षेत्रको सुशासन कायम गर्ने कार्यमा विशेष जोड दिनुपर्ने बताए। 

बीमा समितिका नवनियुक्त अध्यक्ष सिलवालले बीमा क्षेत्रको सुधारका लागि खरो रुपमा उत्रने र फास्ट ट्रयाकमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले तत्काल देखा परेका समस्या समाधान गर्दै नीतिगत क्षेत्रमा प्रवेश गर्ने बताए।

प्रकाशित: Feb 04, 2021| 11:46 बिहीबार, माघ २२, २०७७
प्रतिक्रिया दिनुहोस्