शनिबार, असार २७, २०८३

सहारा एकेडेमीलाई कांग्रेस केन्द्रीय खेलकुद विभागको सहयोग 

नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागले पोखराको सहारा एकेडेमीलाई खेलकुद सामग्रीका साथमा मास्क हस्तान्तरण गरेको छ।
 |  बिहीबार, माघ २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २२, २०७७

पोखरा- नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागले पोखराको सहारा एकेडेमीलाई खेलकुद सामग्रीका साथमा मास्क हस्तान्तरण गरेको छ।

विभाग प्रमुख तथा पूर्व सञ्चारमन्त्री मोहनबहादुर बस्नेतसहितको टोलीले बिहीबार सहारा क्लबका अध्यक्ष केशवबहादुर थापालाई ती सामग्री प्रदान गरे। 

२५ वटा बल एन ९५ मास्क १ हजार ५०० वटा सहयोग गरेको विभागले जनाएको छ। उक्त अवसरमा प्रमुख बस्नेतसहितको टोलीले एकेडेमीको निरीक्षणसमेत गरेको छ। 

अखिल नेपाल फुटवल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङले क्लबको एकेडेमी अभियानमा एन्फा र सरकारी निकायबाट समेत थप सहयोग उपलब्ध गराउन आवश्यक पहल गर्ने आश्वासन दिए। 

नेपालको नाम राखेको क्लबलाई हालसम्म एन्फाबाट खासै सहयोग नभएकोमा गुनासो गर्दै अब सहयोग गर्ने वातावरण सिर्जना गर्ने उनले जनाए।

उनले सामाजिक क्षेत्रमा समेटेर राम्रो अभियान थालेको क्लबले नेपालकै नमुना एकेडेमीका रुपमा काम गरेकोमा क्लबको अभियानलाई सबैले साथ र सहयोग गर्नुपर्ने बताए।

क्लवका संस्थापक अध्यक्ष वसन्त थकालीले स्वागतसहित क्लबको बारेमा जानकारी गराए। 

प्रकाशित: Feb 04, 2021| 10:35 बिहीबार, माघ २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।