शनिबार, असार २७, २०८३

घरेलु मैदानमा लगातार दोस्रोपटक किन हार्‍यो लिभरपुल ?

जनवरी २२ मा कमजोर टिम बर्नलीसँग घरेलु मैदान एनफिल्डमा पराजित लिभरपुल बुधबार रातिको खेलमा पुनः घरेलु मैदानमै पराजित भयो।
 |  बिहीबार, माघ २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २२, २०७७

काठमाडौं– जनवरी २२ मा कमजोर टिम बर्नलीसँग घरेलु मैदान एनफिल्डमा पराजित लिभरपुल बुधबार रातिको खेलमा पुनः घरेलु मैदानमै पराजित भयो।

एनफिल्डमा दोस्रोपटक पराजित हुँदा लिभरपुलविरुद्ध ब्राइटोनले १–० गोलको जित निकाल्यो।

बर्नलीसँग पराजित हुँदा उसले लगातार ६८ खेलको अपराजित यात्रामा पनि पूर्णविराम गराएको थियो। अर्थात् घरेलु मैदानमा लिभरपुल लगातार ६८ खेलसम्म अपराजित थियो।

बलियो टिम म्यानचेस्टर सिटी, युनाइटेड, टोटेनहमजस्ता टिमसँग नहारेको लिभरपुल कमजोर टिम बर्नली र ब्राइटोनसँग कसरी हार्न पुग्यो त ? प्रशिक्षक योर्गेन क्लोप भन्छन्, ‘बीचमा लगातार दुई अवे गेम भएको यो एकदमै कठिन हप्ता बित्यो। र, दुवै खेल दबाबपूर्ण थिए।’

उनले थपे, ‘लगातारको खेलका कारण हामी शारीरिक र मानिसक रुपमा उत्कृष्ट अवस्थामा छैनौं।’

लगातारको हारबाट आजित लिभरपुल अंकतालिकाको शीर्षस्थानबाट चौथो स्थानमा पुगेको छ। ऊ ६ खेल अघिमात्र शीर्षस्थानमा थियो। तर अहिले लिगलिडर म्यानचेस्टर सिटीभन्दा सात अंक पछि छ।

सिजन सुरु हुँदै गर्दा उपाधि दावेदारको रुपमा हेरिएको लिभरपुल अहिले थकान महसुस गरिरहेको प्रशिक्षक क्लोप बताउँछन्। उनका अनुसार खेलाडीले धेरैपटक लय गुमाएका छन् र विपरीत टिमलाई गोल पास गर्न पुगेका छन्।

उनले पछिल्लो हारको कारण सम्झाउँदै भने, ‘एउटाले अर्कोलाई दिनुपर्ने पास सफल बन्न सकेन। हामीले यसमा ब्राइटोनलाई सरल बनाइदियौँ। तर ब्राइटोनले पनि राम्रो खेल्यो।’

तर गएरातिको खेलमा ब्राइटोनले लिभरपुलको तुलनामा धेरै अवसर सिर्जना गरेको थियो र धेरै पटक लक्ष्यमा प्रहार गरेको थियो। ‘यसको एकमात्र कारण हो, हामी थकित टिम हौँ। यसले हाम्रो खुट्टामा समस्या पैदा गरेको छ,’ उनले भने।

प्रकाशित: Feb 04, 2021| 10:26 बिहीबार, माघ २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।