शुक्रबार, भदौ १९, २०८३

मुख्यमन्त्री भट्ट पार्टीको झन्डा बोकेर आमहडतालमा

मुख्यमन्त्री नै सरकारविराधी आमहडतालमा सहभागी भएको भन्दै उनको चर्को विरोध भएको छ।
 |  बिहीबार, माघ २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २२, २०७७

काठमाडौं– नेकपाको दाहाल–नेपाल समूहले आह्वान गरेको आमहडतालमा सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट सातदोबाटोस्थित सडकमा सहभागी भएका छन्।

मुख्यमन्त्री नै सरकारविराधी आमहडतालमा  पार्टीकाे झन्डा बाेकेर सहभागी भएको भन्दै उनको चर्को विरोध भएको छ।

नेता देव गुरुङसँगै सातदोबाटोस्थित सडकमा आन्दोलनमा उनी सहभागी भएको फोटो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
भट्ट दाहाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठकमा सहभागी हुन केही दिनअघि काठमाडौं आएका थिए। 

सुदूरपश्चिमका ओली समूहका नेताकार्यकर्ता लगायतले उनको फोटो सामाजिक सञ्जालमा सेयर गर्दै चर्को विरोध गरेका छन्।

प्रकाशित: Feb 04, 2021| 07:41 बिहीबार, माघ २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।