शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • शान्तिपूर्ण आन्दोलनमा नेता–कार्यकर्ता गिरफ्तार गरेर सरकारले द्वन्द्व निम्त्यायो : नारायणकाजी

शान्तिपूर्ण आन्दोलनमा नेता–कार्यकर्ता गिरफ्तार गरेर सरकारले द्वन्द्व निम्त्यायो : नारायणकाजी

कपाको दाहाल–नेपाल समूहका प्रवक्ता एवम् केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले शान्तिपूर्ण रुपमा भइरहेको आमहडतालमा नेता–कार्यकर्तालाई गिरफ्तार गरेर सरकारले द्वन्द्व निम्त्याउन खोजिरहेको बताएका छन्।
 |  बिहीबार, माघ २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २२, २०७७

काठमाडौं– नेकपाको दाहाल–नेपाल समूहका प्रवक्ता एवम् केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले शान्तिपूर्ण रुपमा भइरहेको आमहडतालमा नेता–कार्यकर्तालाई गिरफ्तार गरेर सरकारले द्वन्द्व निम्त्याउन खोजिरहेको बताएका छन्।

बिहीबार मध्यान्ह रत्नपार्कमा पुगेका श्रेष्ठले भने, ‘हाम्रो शान्तिपूर्ण आन्दोलन नै हो। दुःखका साथ भन्छौं कतै केही छिटफुट घटना भएका छन्। हामी आफैं त्यसको छानबिन गर्छौं।’

उनले पार्टीका स्थायी कमिटी तथा केन्द्रीय कमिटीका नेता गिरफ्तार गरेर सरकारले द्वन्द्व निम्त्याउन खोजेको बताए। उनले यसबाट हुने परिणामको जिम्मेवार स्वयं सरकार हुने चेतावनी पनि दिए।

‘प्रतिगामी तत्वले बदनाम गराउन पनि केही उच्छश्रृङ्ल काम गरिरहेको अवस्था छ। हामी त्यसमा पनि सचेत नै भएका छौं,’ उनले भने। उनले असंवैधानिक विघटन खारेज नभएसम्म आफूहरुको संघर्ष जारी नै रहने भन्दै सरकारले बलमिच्याइँ गर्दै गए परिणाम झन् गम्भीर हुने बताए।

‘अहिलेसम्मको उपलब्धि र संघर्ष समाप्त गर्ने काम भएपछि हामी बाध्यतावश आमहडताल गर्न पुगेका हौं। हामी जनतासित क्षमायाचना माग्छौं,’ श्रेष्ठले भने। 

ओली पक्षले भोलि शुक्रबार गर्न लागेको कार्यक्रमसँग आफूहरुको कुनै सम्बन्ध नरहेको उनले प्रष्ट पारे।

प्रकाशित: Feb 04, 2021| 06:36 बिहीबार, माघ २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।