आइतबार, असोज ४, २०८३

सुनको मूल्य ९०० रुपैयाँ घट्यो

बिहीबार सुनको मूल्य प्रतितोला ९०० रुपैयाँ घटेको छ।
 |  बिहीबार, माघ २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २२, २०७७

काठमाडौं– बिहीबार सुनको मूल्य प्रतितोला ९०० रुपैयाँ घटेको छ। बुधबार प्रतितोला ९२ हजारमा कारोबार भएको थियो। आज ९१ हजार १०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि तोलामा ९०० रुपैयाँ घटेको छ। बुधबार ९१ हजार ५०० मा कारोबार भएको सुनको मूल्य आज ९० हजार ६०० तोकिएको छ। 

चाँदीको मूल्य तोलामा २० रुपैयाँले ओरालो लागेको छ। बुधबार एक हजार ३२० मा कारोबार भएको चाँदीको मूल्य आज एक हजार ३०० कायम भएको छ।  

प्रकाशित: Feb 04, 2021| 05:45 बिहीबार, माघ २२, २०७७
प्रतिक्रिया दिनुहोस्