दाहाल–नेपाल समूहका बन्दकर्ता काठमाडौंको कोटेश्वर चोकमा खाना बनाउँदै। बुधबार दाहाल–नेपाल समूहले पत्रकार सम्मेलन गरेर आज (बिहीबार) देशव्यापी आमहडतालको आह्वान गरेको हो। आमहडतालको असर देशैभर परेको छ। सोही क्रममा बन्दकर्ताहरू संघीय राजधानीको कोटेश्वर चोकमा खाना बनाउने तयारीमा जुटेका छन्।

