काठमाडौं– पार्टीले आह्वान गरेको आमहडताल प्रभावकारी बनाउन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल सडकमा बसेका छन्।
उनी ललितपुरको पुलचोकमा धर्ना बसेका हुन्। उनीसँगै नेतृ पम्फा भुसाल र केन्द्रीय सदस्य विष्णु रिजाल पनि बसेका छन्।
दाहाल निवास खुमलटारबाट उनी सुरक्षाकर्मीको घेरामा सातदोबाटाे हुँदै पुल्चाेक पुगेका थिए। छाेरी गंगा दाहालसहित पुल्चाेकमा उनले केहीबेर प्रतिगमन मुर्दाबाद भन्दै नारा पनि लगाए।
बन्द सफल बनाउन नेकपाले १० जना केन्द्रीय नेताहरुलाई काठमाडौंका १० चोकमा खटाएको छ।
कलंकी चोकमा खटिएकी नेतृ अष्टलक्ष्मी शाक्यलाई भने प्रहरीले बिहानै गिरफ्तार गरेको छ।
2/2 भिडिओ: पुल्चोकमा पुष्पकमल दाहाल 'बन्द कार्यान्वयन' गर्दै। pic.twitter.com/P1w0pAX76r
— Kanak Mani Dixit (@KanakManiDixit) February 4, 2021