शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ‘अनौपचारिक व्यवसायको योगदानलाई घटाउन करको दायरा बढाउनुपर्छ’

‘अनौपचारिक व्यवसायको योगदानलाई घटाउन करको दायरा बढाउनुपर्छ’

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले नेपाली अर्थतन्त्रमा देखिएको अनौपचारिक व्यवसायको योगदानलाई घटाउन करको दायरा बढाउनुपर्नेमा जोड दिएका छन्।
 |  बिहीबार, माघ २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २२, २०७७

पोखरा- नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले नेपाली अर्थतन्त्रमा देखिएको अनौपचारिक व्यवसायको योगदानलाई घटाउन करको दायरा बढाउनुपर्नेमा जोड दिएका छन्।

नेपाली अर्थतन्त्रको करिब ४२ प्रतिशतजति हिस्सा करको दायराभन्दा बाहिर रहेको भन्दै उनले ‘कालोधन’ बढ्दै जानु राष्ट्रको लागि घातक भएको बताए । 

पोखरा उद्योग वाणिज्य संघ तथा राजश्व अनुसन्धान कार्यालय बुटवलले बुधबार पोखरामा आयोजना गरेको भिसिटिएस तथा राजश्व चुहावट विषयक अन्तक्र्रियामा पूर्वअध्यक्ष मुल्मीले अर्थतन्त्रलाई पारदर्शी बनाउन सम्पत्ति शुद्धिकरण हुनुपर्नेमा जोड दिए। 

उनले पोखरा र समग्र गण्डकी प्रदेशले राजश्वमा दिएको योगदान बढाउनको लागि व्यावसायिक वातावरण निर्माण हुनुपर्ने पनि बताए। मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भिसीटिएस ) पनि व्यवसायीमैत्री हुनुपर्ने उनको भनाइ थियो ।

राजश्व अनुसन्धान कार्यालय बुटबलका प्रमुख राजश्व अधिकृत राजनकुमार बिसीले नेपालमा राजश्व चुहावट ठूलो समस्याको रुपमा रहेको बताए। 

उनले पेट्रोलले चल्ने मोटरसाइकलमा डिजेल हालेको बिल बनाउनेदेखि हुन्डी कारोबार गर्नेसम्मले कर छलेको जिकिर गरे। उनले व्यवसायिहरुलाई कसरी कर छल्ले भन्नेबारे नसोच्न र व्यवसाय विस्तारमा लाग्न पनि आग्रह गरे। 

उनले भिसिटिएसमा सामेल हुनु भनेको स्वच्छ व्यवसाय गर्नु पनि भएको बताए। कार्यक्रम तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले विकसित देश हेरेर बनाइएका कर र राजश्वसम्बन्धी नीति नियमहरु नेपालमा कार्यान्वयन गर्न जटिल भएको जिकिर गरे। 

व्यवसायीहरुलाई पर्याप्त जानकारी दिएर मात्र कर र राजश्वसम्बन्धी नीति नियमहरु कार्यान्वयनमा ल्याउन माग गर्दै उनले व्यवसायीहरुले अन्जानमै ठूलो जरिवाना तिर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताए। व्यवसायीहरु कर तिर्न तयार रहेको तर त्यसको लागि कर प्रशासन व्यवसायीमैत्री हुनुपर्ने उनको भनाइ थियो। 

कार्यक्रममा राजश्व कार्यालय बुटबलका अनुसन्धान अधिकृत धनिश्वर अर्यालले भिसिटीएस प्रणाली प्रयोगबारे कार्यपत्र प्रस्तुत गरेका थिए। 

उनका अनुसार एक ठाउँबाट अर्को ठाउँमा मालसामान ओसारपसार गर्नुपूर्व ढुवानी गरिने मालसामानको विवरण वेभमा आधारित केन्द्रीय सूचना प्रणालीमा प्रविष्ट गरेर मात्रै गर्नुपर्ने प्रणालीको नै भिसिटिएस प्रणाली हो। 

व्यावसायिक प्रयोजनका मालवस्तु आयात र निर्यातकर्ता, उद्योग, भन्सार एजेण्ट, ढुवानी कम्पनी र वितरक तथा थोक बिक्रेताले विवरण भर्नुपर्दछ। यो प्रणालीमा प्रवेश गर्दा प्रयोगकर्ताले आफैंले युजर आइडी र पासवर्ड बनाउन सक्छन्। 

अवैध आर्थिक कारोबारलाई अन्त्य गर्दै औपचारिक अर्थतन्त्र निर्माण गर्नका लागि  यो प्रणाली प्रयोगमा ल्याइएको उनले बताए। 

पोखरा उद्योग वाणिज्य संघको ६७ औं वार्षिकोत्सवको सन्दर्भमा आयोजित अन्तरक्रियाको क्रममा व्यवसायीहरुले भिसिटीएस प्रणाली प्रयोग गर्दा परेका अप्ठेराहरुबारे जिज्ञासा राखेका थिए। पोखरा उद्योग वाणिज्य संघ यही माघ २५ गतेबाट ६७ वर्षमा प्रवेश गर्दैछ। 

 
 

प्रकाशित: Feb 04, 2021| 04:35 बिहीबार, माघ २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।