बुटवल-नेकपा दाहाल–नेपाल समूहले आमहड्ताल उल्लंघन गरेको भन्दै मोटरसाईकल तोडफोड गरेको छ।
बुटवल राजमार्ग चौराहामा लु ३१प ९३५५ नम्बरको मोटरसाईकल तोडफोड भएको हो ।
विहानसम्म सडकमा बन्दकर्ता देखिएका थिएनन्। तर, सडकमा फाटपुट रुपमा सवारी चल्न थालेपछि दाहाल नेपालका कार्यकर्ता सडकमा उत्रेका छन्। बुटवलका सडमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ।


