बुधबार, कात्तिक १९, २०८२
  • गृहपृष्ठ
  • समाज
  • फागुन पहिलो साताभित्र संयुक्त जनआन्दोलन हुन्छ, त्यसपछि केपी ओली पत्तासाफ : दाहाल

फागुन पहिलो साताभित्र संयुक्त जनआन्दोलन हुन्छ, त्यसपछि केपी ओली पत्तासाफ : दाहाल

 नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले प्रतिगमन नसच्चिए फागुनको पहिलो साताभित्रमा संयुक्त जनआन्दोलन हुने चेतावनी दिएका छन्।
 |  बिहीबार, माघ २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २२, २०७७

काठमाडौं- नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले प्रतिगमन नसच्चिए फागुनको पहिलो साताभित्रमा संयुक्त जनआन्दोलन हुने चेतावनी दिएका छन्।

Kumaribank

आमहड्तालको क्रममा बिहान सातदोबाटामा प्रदर्शनमा सहभागी हुँदै दाहालले यस्तो चेतावनी दिएका हुन्। उनी सहितको सहभागितमा सातदोबाटो क्षेत्रमा अहिले प्रदर्शन भइरहेको छ। 

‘यो प्रतिगमन सच्चिएन भने फागुनको पहिलो साता संयुक्त जनआन्दोलन हुन्छ’, उनले भने, ‘त्यसपछि केपी ओलीको पत्तासाप हुनेछ।’ 

दाहालले आफूहरु संविधान र लोकतन्त्रको रक्षा गर्नका लागि वाध्यतावस सडकमा आएको भन्दै जनताले यसलाई सहज रुपमा लिने बताए। 

Metro Mart

‘यो वाध्यतात्मक स्थिति हो। जनताको भावना बुझेका छौं सम्मान पनि गर्छौं कहिले काही यस्तो वाध्यतात्मक स्थिति आउछ’, उनले भने, ‘जनताको अधिकार स्थापित गर्ने आन्दोलन भएकाले साथ दिन्छन भन्ने हामीले बुझेका छौं।’ 

सरकार आफैले जुलुस निकाल्ने भनेको हिजो पञ्चायतमा पञ्चहरुले निकाल्ने पञ्च  र्‍याली भएको भन्दै उनले आफैले संविधान मिच्ने, लोकतन्त्रमाथि प्रहार गरेर जुलुस निकाल्नु भनेको पञ्च  र्‍याली नै भएको बताए।

तस्विरः दिनेश श्रेष्ठ

‘संविधानमा घात गरियो, संवैधानिक परिषद्को प्रक्रिया नै पुगाएर  जबरजस्ती गरेर सपथ ग्रहण गरिएको छ’, उनले भने, ‘यो प्रतिगमनको अर्को भद्दा रुप देखियो। फागुनको पहिलो साताभित्र संयुक्त जनआन्दोलन हुन्छ, केपी ओलीको पत्तासाप हुन्छ’, दाहालले भने ।  

प्रकाशित: Feb 04, 2021| 03:49 बिहीबार, माघ २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।