शनिबार, असार २७, २०८३

प्रतिस्पर्धात्मक खेलमा बार्सिलोनाको नाटकीय पुनरागमन

काठमाडौं– कोपा डेल रे अन्तर्गत बुधबार रातिको खेलमा पुनरागमन जित निकाल्दै बार्सिलोना सेमिफाइनलमा प्रवेश गरेको छ।
 |  बिहीबार, माघ २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २२, २०७७

काठमाडौं– कोपा डेल रे अन्तर्गत बुधबार रातिको खेलमा पुनरागमन जित निकाल्दै बार्सिलोना सेमिफाइनलमा प्रवेश गरेको छ।

लस कर्मेनेस मैदानमा सम्पन्न खेलको निर्धारित समयसम्म खेल बराबरी भएपछि थपिएको अतिरक्त समयमा गोल गर्दै बार्सिलोनाले जित निकालेको थियो।

बार्सिलोनाको जितका लागि एन्टोनी ग्रिजम्यान र जोर्डी अल्वाले दोहोरो गोल गरे भने फ्रांकी डि जोङले एक गोल गरे।

तर खेलको पहिलो हाफमा किनेडीले गोल गर्दैै ग्रानाडालाई अग्रता दिलाएका थिए। त्यस्तै दोस्रो हाफमा रोबर्टो सोल्डाडोले गोल गरेपछि ग्रानाडाले २–० गोलको अग्रता बनाएको थियो।

त्यसपछि अझ प्रतिस्पर्धी बनेको खेलमा बार्सिलोनाले अन्तिम मिनेटमा नाटकीय दुई गोल गर्यो। जहाँ ग्रिजम्यानले ८८ औं मिनेटमा गोल गरे भने अल्वाले इन्ज्युरी समयमा गोल गर्दै खेललाई बराबरी बनाए।

बराबरीपछि थपिएको अतिरिक्त समयमा बार्सिलोनाले तीन गोल गर्यो भने ग्रानाडाले एक गोल थप्यो। अतिरिक्त समयको  १०० औं मिनेटमा ग्रिजम्यानले गोल गदै बार्सिलोनालाई पहिलो पटक अग्रता दिलाए पनि ग्रनाडाका फेडे विकोले १०२ मिनेटमा गोल गर्दै फेरि बराबरी गरे।

तर १०८ औं मिनेटमा डि जोङको गोलबाट बार्सिलोनाले दोस्रोपटक अग्रता बनायो। त्यस्तै, ११३ औं मिनेटमा अल्वाको दोस्रो गोलसँगै बार्सिलोनाले ५–३ गोलको जित दर्ज गर्यो।
 

प्रकाशित: Feb 04, 2021| 02:55 बिहीबार, माघ २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।