विराटनगर- नेकपाको दाहाल नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलीको असंवैधानिक कदमविरूद्ध आह्वान गरेको आम हड्तालको असर विराटनगरमा पूर्णरूपमा परेको छ।
बिहानैदेखि यातायात ठप्प छ। मोटरसाइकल फाटफुट रूपमा चलेका छन्।
निजी तथा सामुदायिक विद्यालयमा बन्दको असर परेको छ। देशमा उत्पन्न असहज अवस्थाका कारण बिहीबारका लागि विद्यालय बन्द गरिएको विराटनगरको सत्यनारायण माविका प्रधानाध्यापक धर्मानन्द खरेलले बताए।
सडकमा बन्दकर्ताको उपस्थिति खासै देखिएको छैन । सुरक्षाकर्मीको संख्या पनि उल्लेख्य देखिएको छैन।