शनिबार, असार २७, २०८३

लिभरपुलको पराजय, अर्को खेलमा सिटीको जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत बुधबार राति सम्पन्न खेलमा साविक लिग विजेता लिभरपुल पराजित भएको छ।
 |  बिहीबार, माघ २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २२, २०७७

काठमाडौं– इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत बुधबार राति सम्पन्न खेलमा साविक लिग विजेता लिभरपुल पराजित भएको छ।

एनफिल्ड मैदानमा सम्पन्न खेलमा लिभरपुल पाहुना टिम ब्राइटोनसँग १–० गोलअन्तरले पराजित भएको हो।

यता ब्राइटोनको जितका लागि स्टेभेन अल्जाटेले निर्णायक गोल गरे। खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएका कारण अल्जाटेले ५६ औं मिनेटमा निर्णायक गोल गरेका थिए।

जितसँगै ब्राइटोनले २२ खेलबाट २४ अंक बनाएको छ भने हारका बाबजुद लिभरपुल चौथो स्थानमा कायम छ। लिभरपुलले २२ खेलबाट ४० अंक जोडेको छ।

यता शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीले गएरातिको खेलमा जित निकालेको छ। बर्नलीको मैदानमा सम्पन्न खेलमा सिटीले घरेलु टिमविरुद्ध २–० गोलको जित निकालेको हो।

सिटीको जितमा ग्याब्रियल जिसस र रहिम स्टार्लिङले समान १,१ गोल गरे। खेलको तस्रो मिनेटमा गोल गर्दै जिससले अग्रता दिलाए भने ३८ औं मिनेटमा स्टार्लिङले अग्रतालाई दोब्बर बनाए।

तर दोस्रो हाफमा दुवै तर्फबाट गोल नभएपछि सोही नजिताका साथ खेल सिटीले जित्यो। जितसहित सिटी २१ खेलबाट ४७ अंक बनाएको अंतालिकाको शीर्षस्थानमा छ।

त्यस्तै दोस्रोस्थानको म्यान्चेस्टर युनाइटेडको ४४ अंक छ भने ४२ अंकका साथ लेस्टर तेस्रो स्थानमा छ। सिटीसँग पराजित बर्नली भने रेलिगेसन जोनदेखि एक स्थानले सुरक्षित छ।

प्रकाशित: Feb 04, 2021| 02:04 बिहीबार, माघ २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।