शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौंमा आमहडतालको आंशिक असर, सडकमा पातलो सुरक्षा व्यवस्था

काठमाडौंमा आमहडतालको आंशिक असर, सडकमा पातलो सुरक्षा व्यवस्था

नेकपा दाहाल–नेपाल समूहले आज (बिहीबार) आह्वान गरेको देशव्यापी आमहडतालको काठमाडौंमा आशिंक असर परेका छ।
 |  बिहीबार, माघ २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २२, २०७७

काठमाडौं-  नेकपा दाहाल–नेपाल समूहले आज (बिहीबार) आह्वान गरेको देशव्यापी आमहडतालको काठमाडौंमा आशिंक असर परेका छ।

एकाविहानैदेखि खुला हुने चिया, चमेनागृहरु खुलेका देखिँदैनन् भने सवारी, यातायात अघिल्लो दिनको तुलनामा निकै कम चलेका छन्। 

सरकारले बुधबार विज्ञप्ति निकालेर ‘नेकपाका नामबाट विविध विषयहरू उठाई मिति २०७७।१०।२१ गते साँझ मसाल जुलुस र  २०७७।१०।२२ गते देशव्यापी आमहडताल आव्हान गरिएको भनी सार्वजनिक भएको प्रेस वक्तव्य उपर गृह मन्त्रालयको ध्यानाकर्षण भएको छ’, भन्दै पेशा, व्यवसाय निर्धक्क भएर सञ्चालन गर्न आह्वान गरेको थियो।

आमरुपमा सरकारको उचित सुरक्षा व्यवस्था मिलाउने विज्ञप्तिमा उल्लेख भए पनि राजधानीका शाखा र भित्री सडकमा भने यो समाचार लेख्दासम्म सुरक्षा निकायको उपस्थिति भने निकै न्यून देखिएको छ।

एकाविहानै पेशा व्यवसायमा घरबाट निस्कनेहरु ‘पर्ख र हेर’को मनस्थितिमा देखिएका छन्। दाहाल–नेपाल समूहले बन्द आह्वान गरेको र सरकारले नियमित दैनिकी अपनाउन आह्वान गर्दै प्रधानमन्त्री केपी ओली शर्मा पक्षले बुधबार मोटरसाइकल र्‍याली समेत निकालेकाले अधिकांश नागरिक अलमलको अवस्थामा देखिएका हुन्।  

प्रकाशित: Feb 04, 2021| 00:46 बिहीबार, माघ २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।