विराटनगर- स्रोत नखुलेको १ लाख ४ हजार भारतीय रुपैयाँसहित एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा झापा दमक नगरपालिका–९ पाडाजुङ्गीका ३१ वर्षीय अजय बलकोटी रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
शङ्का लागेर चेकजाँच गर्दा भारतीय रुपैयाँ पाँच सय दरका २ सय ८ थानसहित उनलाई मोरङको मटेरुवाबाट आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मानबहादुर राईले जानकारी दिए।
आवश्यक कानूनी कारवाहीका लागि उनलाई एकीकृत भन्सार जाँचचौकी विराटनगरमा बुझाएको उनले बताए। रासस