सुर्खेत- बहुविवाह गर्ने जाजरकोटकी एक महिला ४ वर्षपछि पक्राउ परेकी छन्। छेडागाड नगरपालिका–३ की अन्जना बुढा पक्राउ परेकी हुन्।
बहुविवाह मुद्दामा जाजरकोट अदालत जाजरकोट अदालतले १ वर्ष कैद र २० हजार रुपैयाँ कैद सजाय तोकेको थियो।
अदालतले २०७३ साल चैत १५ गते बहुविवाह मुद्दामा उनलाई १ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो। बहुविवाह मुद्दा परेदेखि फरार रहेकी उनलाई प्रहरीले ४ वर्षपछि पक्राउ गरेको हो।
सुर्खेतको छिन्चुमा लुकीछिपी बस्दै आएको विशेष सूचनाका आधारमा पक्राउ गर्न सफल भएको जाजरकोटका डीएसपी मधुकुमार थापाले जानकारी दिए।
मंगलबार साँझ सुर्खेतको भेरीगंगा नगरपालिका–१२ छिन्चुबाट पक्राउ परेकी उनलाई आज (बुधबार) कारागार चलान गरिएको छ। अदालतको आदेशअनुसार कारागार चलान गरिएको डीएसपी थापाले जनाए।