शुक्रबार, भदौ १९, २०८३

पूर्वराजा ज्ञानेन्द्र भाटभटेनी सुपरमार्केटमा

पूर्वराजा ज्ञानेन्द्र शाहले बुधबार साँझ विराटनगरस्थित भाटभटेनी सुपरमार्केटको अवलोकन गरेका छन्। 
 |  बुधबार, माघ २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ २१, २०७७

विराटनगर– पूर्वराजा ज्ञानेन्द्र शाहले बुधबार साँझ विराटनगरस्थित भाटभटेनी सुपरमार्केटको अवलोकन गरेका छन्। 

पूर्वबाट साँझ विराटनगर आएका उनले केहीबेर भाटभटेनीका कर्मचारीसँग भलाकुसारी गरेका थिए। 

पूर्वराजा आउने थाहा पाएपछि भाटभटेनीका कर्मचारी स्वागतका लागि माला लिएर बसेका थिए। भाटभटेनीका एक कर्मचारीले भने, ‘राजपरिवारको कोही आउने जानकारी थियो, को भन्ने थाहा थिएन।’

काठमाडौ‌ फर्कनुअघि रत्ना होटलमा खाना खानका लागि पूर्वराजा शाह विराटनगर आएको जानकारी आफूले पाएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए। 

पूर्वराजाको विराटनगरमा कुनै पनि कार्यक्रम नरहेको राप्रपाका नेता दिनेश शाहले बताए। शाहले भने,‘ उहाँ नितान्त व्यक्तिगत भ्रमणमा आउनुभएको हो।’ पूर्वराजा विराटनगर आउनेबारे राजावादीहरुलाई पनि जानकारी थिएन।

प्रकाशित: Feb 03, 2021| 13:36 बुधबार, माघ २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।