शुक्रबार, भदौ १९, २०८३

निर्वाचन आयोगद्वारा चुनावका लागि ७ अर्ब रुपैयाँ माग

निर्वाचन आयोगले आगामी वैशाखमा तोकिएको निर्वाचनका लागि ७ अर्ब ७ करोड ९४ लाख ८० हजार रुपैयाँ माग गर्दै अर्थ मन्त्रालयलाई पत्राचार गरेको छ। 
 |  बुधबार, माघ २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ २१, २०७७

काठमाडौं– निर्वाचन आयोगले आगामी वैशाखमा तोकिएको निर्वाचनका लागि ७ अर्ब ७ करोड ९४ लाख ८० हजार रुपैयाँ माग गर्दै अर्थ मन्त्रालयलाई पत्राचार गरेको छ। 

आयोगले बुधबार वैशाख १७ र २७ मा तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचका लागि उक्त रकम निकासाको माग गर्दै अर्थ मन्त्रालयलाई पत्राचार गरेको हो। 

निर्वाचन सञ्चालन र व्यवस्थापनका लागि आवश्यक पर्ने रकम निकासाको लागि निर्वाचन आयोग ऐन २०७३ को दफा २७ र २८ अनुसार अर्थ मन्त्रालयसँग रकम माग गर्न आयोगले मंगलबार निर्णय गरेको थियो। 

मंगलबार नै आयोगका पदाधिकारी र अर्थमन्त्री विष्णु पौडेलबीच निर्वाचनका लागि लाग्ने खर्च लगायतका विषयमा छलफल भएको थियो।

 

* सात अर्ब हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएकाे छ।  सं.
 

प्रकाशित: Feb 03, 2021| 13:21 बुधबार, माघ २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।