काठमाडौं– शिक्षा तथा मानव विकास स्रोत विकास केन्द्रले शिक्षक दरबन्दी मिलानका भइरहेको प्रगति विवरण पठाउन शिक्षा विकास तथा समन्वय एकाइलाई परिपत्र गरेको छ।
केन्द्रले बुधबार सूचना जारी गर्दै स्थानीय तहहरूको हालसम्मको दरबन्दी मिलानको प्रगति विवरण पठाउन परिपत्र गरेको हो।
अहिले सामुदायिक विद्यालयमा शिक्षक दरबन्दी –मिलान तथा व्यवस्थापन) कार्यविधि २०७६ अनुसार दरबन्दी मिलान भइरहेको छ।
केन्द्रले स्थानीय तहहरुलाई आवश्यक सूचना उपलब्ध गराएर सहयोग गर्न पनि आग्रह गरेको छ।
केन्द्रले तोकिएको ढाँचाअनुसार प्रगति विवरण पठाउन परिपत्र गरेको हो।
