सिन्धुली– ग्लोबल आइएमई बैंक लिमिटेड सिन्धुली शाखा कार्यालयको औपचारिक उद्घाटन भएको छ।
बैंकद्वारा बुधबार आयोजित विशेष कार्यक्रममा जिल्ला समन्वय समिति सिन्धुलीका संयोजक शंकर बर्मा तिवारी, प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डे, सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष अमरेशचन्द्र बैदार र ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्तरुपमा शाखाको उद्घाटन गरेका हुन्।
बैंकका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले ग्लोबल आइएमई बैंकले नेपाल सरकारको नीति तथा कार्यक्रमलाई पालना गर्दै आफ्नो सेवालाई विस्तार गरेको बताए।
ढकालले आगामी दिनमा थप सबल र सक्षम बन्दै मुलुकका सबै जिल्लाबाट सरल बैंकिङ सेवा प्रदान गर्ने उल्लेख गरे।
उक्त अवसरमा अध्यक्ष ढकालले भानुभक्त माध्यमिक विद्यालयलाई बैंककोतर्फबाट ७ थान कम्प्युटरसमेत हस्तान्तरण गरे। ढकालले निरुशा किराना तथा डेरी पसललाई नगदरहित कारोबारका लागि ‘क्यूआर कोड स्ट्याण्ड’ हस्तान्तरण पनि गरे।
ग्लोबल आइएमई बैंकका ७४ जिल्लामा २६७ शाखासञ्जाल सहित २४० एटिएममार्फत २२ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ।