शनिबार, असार २७, २०८३

महिला लिगमा पुलिसविरुद्ध विराटनगरको अप्रत्याशित जित

जारी राष्ट्रिय महिला लिग अन्तर्गत आधा खेल सम्पन्न भएका छन्।
 |  बुधबार, माघ २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ २१, २०७७

काठमाडौं– जारी राष्ट्रिय महिला लिग अन्तर्गत आधा खेल सम्पन्न भएका छन्।

आज सातदोबाटोस्थित एन्फा कम्प्लेसक्मा विराटनगरले विभागीय टिम नेपाल पुलिस क्लबलाई १–० गोलले हराएसँगै लिगका आधा खेल सकिएका हुन्।

उक्त खेलमा विराटनगरले विभागीय टिमविरुद्ध अप्रत्याशित जित निकाल्यो। जहाँ विराटनगरको जितका लागि पार्वती घलेले एकमात्र निर्णायक गोल गरिन्।

खेलको नौ मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाएकी उनले सोही गोलका साथ जित दिलाइन्। प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफमा भने कुनै गोल हुन सकेन।

आजको जितसँगै विराटनगर अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ। उसले ६ खेलबाट १० अंक बनाएको छ। आजको जितपछि विराटनगरका प्रशिक्षक पारस चौधरीले आफ्नो रणनीति सफतापूर्वक लागू गर्न पाएकोमा खुसी व्यक्त गरेका छन्। उनले खेलाडीले उत्कृष्ट काम गरेको बताए।

यता विभागीय टिम पुलिस भने ८ अंकका साथ चौथो स्थानमा छ। खेलाडीले आफ्नो स्तरअनुसारको खेल नदेखाएका कारण हार बेहोरेको पुलिसका प्रशिक्षक सञ्जिव जोशी बताउँछन्। उनले भने, ‘हामीले अवसरलाई सदुपयोग गर्न सकेनौँ। यसले हाम्रो उपाधि दाबेदारीमा धक्का पुगेको छ।’

पुलिससँग समान ८ अंक बनाएको वालिङ नगरपालिका भने अंकतालिकाको पाँचौं स्थानमा छ। पहिलो राउन्ड रोविन पूरा भएसँगै १८ अंकका साथ विभागीय टिम सशस्त्र प्रहरी शीर्षस्थानमा छ।

त्यस्तै आजको पहिलो खेलमा चौदण्डीगढीविरुद्ध १२–० गोलको जित निकालेको आर्मी क्लब १३ अंकका साथ दोस्रो स्थानमा छ।

सात क्लब सम्मिलित लिगमा चौदण्डी र चन्द्रपुर पुछारबाट क्रमशः पहिलो र दोस्रो स्थानमा छन्। चौदण्डीले अहिलेसम्म खाता खोल्न सकेको छैन भने चन्द्रपुरले एक जितसहित ३ अंक जोडेको छ।
 

प्रकाशित: Feb 03, 2021| 12:06 बुधबार, माघ २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।