शुक्रबार, भदौ १९, २०८३

कोरोनाको खोप पोखरा वृद्धाश्रममा

पोखरा वृद्धाश्रममा आश्रित वृद्धवृद्धालाई कोरोना भाइरसको खोप लगाइएको छ।
 |  बुधबार, माघ २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ २१, २०७७

पोखरा– पोखरा वृद्धाश्रममा आश्रित वृद्धवृद्धालाई कोरोना भाइरसको खोप लगाइएको छ। बुधबार पोखरा वृद्धाश्रममा खोप लगाइएको जनस्वास्थ्य कार्यालयका कार्यालय प्रमुख बाबुराम आचार्यले बताए। 

ज्येष्ठ नागरिकहरुको स्वास्थ्य रक्षाका लागि प्राथमिकतामा राखेर खोप लगाइएकोमा खुशी व्यक्त गर्दै राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका केन्द्रीय सदस्य तथा पोखरा वृद्धाश्रमका अध्यक्ष कुसुम केशव पराजुलीले खोपको प्रभावकारिता बारे हेर्नुपर्ने राय व्यक्त गरे। 

पोखरा वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिक आमाबुवाहरुका अतिरिक्त आश्रममा कार्यरत स्वास्थ्यकर्मी, स्याहारकर्ता, सेवकसेविका, स्वयंसेवीसहित ४० जनाले खोप सेवा लिएको जानकारी आश्रमका स्वास्थ्य सहायक कुमारी कुमालले जनाएकी छन्। 
 

प्रकाशित: Feb 03, 2021| 11:49 बुधबार, माघ २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।