शुक्रबार, भदौ १९, २०८३

आयोगका पदाधिकारीले गरे पदभार ग्रहण

राष्ट्रिय मानव अधिकार आयोगका  नवनियुक्त पदाधिकारीले बुधबार पदभार ग्रहण गरेका छन्।
 |  बुधबार, माघ २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ २१, २०७७

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगका  नवनियुक्त पदाधिकारीले बुधबार पदभार ग्रहण गरेका छन्।

अध्यक्ष तपबहादुर मगर तथा सदस्यहरू डा. सूर्य ढुङ्गेल, मिहिर ठाकुर, मनोज दुवाडी र लिली थापाले पुल्चोकस्थित आयोगको कार्यालयमा पदभार ग्रहण गरेका हुन्।

आयोगमा आयोजित पदभार ग्रहण कार्यक्रममा आयोगका अध्यक्ष तथा सदस्यहरुले मानव अधिकारको प्रभावकारी संरक्षण, संवर्धन तथा कार्यान्वयनको सुनिश्चिततामा सक्रियतापूर्वक लागिरहने प्रतिबद्धता व्यक्त गरेका छन्।

बसेको नवनियुक्त पदाधिकारीहरूको पहिलो बैठकले पदाधिकारीमा नियुक्तिका लागि सिफारिस गर्ने संवैधानिक परिषद् तथा नियुक्तिका लागि राष्ट्रपतिलाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ।

आयोगका अध्यक्षले राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा प्रधानन्यायाधीश चालेन्द्रशमशेर राणा समक्ष तथा सदस्यहरूले आयोगका अध्यक्ष समक्ष राष्ट्रपति भवन शीतलनिवासमा एक समारोहबीच शपथ ग्रहण गरेका थिए।

संवैधानिक परिषद्ले नेपालको संविधानको धारा २४८ को उपधारा ९२० बमोजिम आयोगको अध्यक्ष तथा सदस्यमा उनीहरुको नियुक्तिका लागि सिफारिस गरेको थियो।

प्रकाशित: Feb 03, 2021| 11:47 बुधबार, माघ २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।