आइतबार, असोज ४, २०८३

कृषिमा लगानी सबैभन्दा बढी चीनबाट

सरकारले ०७५ सालदेखि कृषि क्षेत्रको वैदेशिक लगानीमा रोक लगायो। वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ ले कृषिको वैदेशिक लगानीमा रोक लगाएको हो। 
 |  बुधबार, माघ २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ २१, २०७७

काठमाडौं– सरकारले ०७५ सालदेखि कृषि क्षेत्रको वैदेशिक लगानीमा रोक लगायो। वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ ले कृषिको वैदेशिक लगानीमा रोक लगाएको हो। 

त्यसअघि ०४८ सालदेखि नै कृषि क्षेत्रमा वैदेशिक लगानी आइरहेको थियो। त्यसो त सरकारले रोक लगाएपछि पनि नेपालमा वैदेशिक लगानीका उद्योग दर्ता भएका छन्। ०७५ मा ऐन आएयता ८ वटा वैदेशिक लगानीका कृषि उद्योग दर्ता भएको उद्योग विभागको तथ्यांक छ।

हालसम्म नेपालमा वैदेशिक लगानीका उद्योग २९० वटा छन् कृषि क्षेत्रमा। सबैभन्दा बढी लगानी चीनबाट आएको छ। चीनबाट हालसम्म ४ अर्ब ९७ करोड ६ लाख ८४ हजार रुपैयाँबराबरको वैदेशिक लगानी भित्रिएकोमा भारतबाट ५८ करोड ९७ लाख १२ हजार रुपैयाँबराबरको लगानी भएको छ।
 

प्रकाशित: Feb 03, 2021| 11:38 बुधबार, माघ २१, २०७७
प्रतिक्रिया दिनुहोस्