शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश २ : प्रदेशसभाको वार्षिकोत्सव कार्यक्रम ओली समूहद्वारा बहिष्कार

प्रदेश २ : प्रदेशसभाको वार्षिकोत्सव कार्यक्रम ओली समूहद्वारा बहिष्कार

प्रदेश २ को प्रदेशसभामा आयोजित वार्षिकोत्सव कार्यक्रम नेकपाको ओली समूहले बहिष्कार गरेको छ। 
 |  बुधबार, माघ २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ २१, २०७७

जनकपुरधाम- प्रदेश २ को प्रदेशसभामा आयोजित वार्षिकोत्सव कार्यक्रम नेकपाको ओली समूहले बहिष्कार गरेको छ। 

वार्षिकोत्सव कार्यक्रममा नेकपाको दाहाल–नेपाल समूहका नेतालाई प्रमुख प्रतिपक्षी दलको नेताको रुपमा आसन ग्रहण गराएपछि ओली समूहले बहिष्कार गरेको हो। 

संसदीय दलका नेता रहेका सत्यनारायण मण्डल रहे पनि प्रदेशसभाको वार्षिकोत्सव कार्यक्रममा दाहाल नेपाल समूहले चयन गरेको संसदीय दलको नेता शत्रुधन महतोलाई प्रमुख प्रतिपक्षी दलको नेताका रुपमा मान्यता दिएपछि आफूहरुले बहिष्कार गरेको ओली समूहका प्रदेससभा सदस्य रामचन्द्र मण्डलले जानकारी दिए। 

वार्षिकोत्सव कार्यक्रममा प्रदेशसभा सचिवालयले प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा दाहाल नेपाल समूहका नेता महतोलाई बोल्ने अवसर दिइएको थियो।

कार्यक्रम बहिष्कार गरेर ओली समूहका प्रदेससभा सदस्यहरु मण्डलसँगै बाहिरिएका थिए।

प्रकाशित: Feb 03, 2021| 11:06 बुधबार, माघ २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।