काठमाडौं– नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको गएको ६ सदस्यीय नाडा प्रतिनिधिमण्डलले महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक श्याम अधिकारीसँग भेटी राजधानीको ट्राफिक व्यवस्थापनमा देखिएका समस्या र त्यसको निराकरणबारे विस्तृत छलफल गरेको नाडाले जनाएको छ।
भेटमा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरिक्षक श्याम अधिकारीले आफ्नो कार्यकक्षमा नाडा प्रतिनिधिमण्डललाई स्वागत गरेका थिए। उक्त भेटघाट तथा छलफलमा महाशाखाका प्रवक्ता प्रहरी उपरिक्षक श्याम अधिकारीले राजधानीको ट्राफिक व्यवस्थापनको सन्दर्भमा देखिएका विभिन्न समस्या र चुनौतिहरु बारे चर्चा गर्दै ट्राफिक व्यवस्थापनमा सजह हुने व्यवस्थाका लागि नाडासंग मिलेर काम गर्न चाहेको बताए।
छलफलपछि नाडाका अध्यक्ष दुलालले महानगरिय ट्राफिक प्रहरी महाशाखालाई ५०० थान फ्लोरोसेन्ट ज्याकेट हस्तान्तरण गरेका थिए। विगतमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत ट्राफिक प्रहरी तथा प्रहरी कार्यालयहरुलाई मोटरसाइकल, कुर्सी, ट्राफिक चिन्ह बोर्ड प्रदान गर्दै आएको नाडाले जानकारी दिएको छ।