शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • शंकर पोखरेल भन्छन् - भुल सुधार गरेर आए दाहाल-नेपाललाई ठाउँ खाली छ

शंकर पोखरेल भन्छन् - भुल सुधार गरेर आए दाहाल-नेपाललाई ठाउँ खाली छ

लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवम् नेकपा ओली समूहका स्थायी कमिटी सदस्य शंकर पोखरेलले दाहाल नेपाल पक्ष भुल सुधार गरेर चुनावमा जान तयार भए पार्टीमा ठाउँ खाली नै राखिएको बताएका छन्। 
 |  बुधबार, माघ २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ २१, २०७७

काठमाडौं– लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवम् नेकपा ओली समूहका स्थायी कमिटी सदस्य शंकर पोखरेलले दाहाल नेपाल पक्ष भुल सुधार गरेर चुनावमा जान तयार भए पार्टीमा ठाउँ खाली नै राखिएको बताएका छन्। 

नेपाल भूमिहिन सुकुम्बासी संगठन केन्द्रीय कमिटीले आयोजना गरेको राष्ट्रिय भेलालाई काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

आउने चुनावमा केपी शर्मा ओलीको चुनावी अभियानलाई देशव्यापी रुपमा विस्तार गरेर लैजान उनले आग्रह गरे। ‘हिजो असफलता भएको ठाउँमा सफल हुनुपर्छ। सफल भएको ठाउँमा दोहोर्‍याउनुपर्छ,’ उनले भने, ‘हामी सबै जुटेमा सम्भव छ।’ 

भूमिहिन सुकुम्बासीहरुको समस्या समाधान गर्न सरकार गम्भीर रहेको र मुलुकमा भूमिहिन अवस्थाको अन्त्यका लागि सरकारले काम गरिरहेको बताए।

‘पार्टी एकतापछि हातखुट्टा बाध्ने काम भयो। अहिले अब नयाँ शिराबाट पार्टी अघि बढेको छ। पार्टीमा आएको विभाजनको पीडा हामी सबैलाई छ। तर अहिलेको अवस्था इतिहासदेखि नै हामीले व्यहोर्दै आएका हौँ,’ उनले भने, ‘पार्टी एकताको रक्षा र पुनःगठनका लागि केपी ओलीले नेतृत्व गर्नुभएको छ। अब चुनावमा गलत प्रवृतिका मानिसहरुलाई पराजित गरेपछि त्यसपछि पार्टी एकता हुन्छ।’

माधव नेपालप्रति टिप्पणी गर्दै उनले चुनाव हारेर प्रधानमन्त्री हुने र महाधिवेशनमा पराजित भएर अध्यक्ष हुने विधिसम्मत कुरो नभएको भन्दै उनले नै विधिका कुरा गर्नु उचित नभएको बताए।

‘उहाँले विधि हामीलाई सिकाउने अनि हामीले विधि सिक्नुपर्ने हो ?’ उनले प्रश्न गरे।

प्रधानमन्त्री केपी शर्मा ओली चुनाव जितेर संसदीय दलमा चुनिएर प्रधानमन्त्री बनेको र महाधिवेशनबाट जितेर अध्यक्ष भएको व्यक्तिलाई कमिटीका बैठक गरेर हटाउन खोज्ने कुरा विधिसम्मत नभएको उनको तर्क छ।

‘केपी ओलीलाई अध्यक्षबाट हटाउन महाधिवेशनले मात्रै सक्छ प्रचण्ड र माधव नेपालले होइन,’ उनले भने।

प्रकाशित: Feb 03, 2021| 10:40 बुधबार, माघ २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।