शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अवहेलना मुद्दामा लिखित जवाफ पेश गर्न अध्यक्ष दाहाललाई सर्वोच्च अदालतको आदेश

अवहेलना मुद्दामा लिखित जवाफ पेश गर्न अध्यक्ष दाहाललाई सर्वोच्च अदालतको आदेश

सर्वोच्च अदालतले अवहेलना मुद्दामा नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाललाई लिखित जवाफ पेश गर्न आदेश गरेको छ।
 |  बुधबार, माघ २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ २१, २०७७

काठमाडौं– सर्वोच्च अदालतले अवहेलना मुद्दामा नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाललाई लिखित जवाफ पेश गर्न आदेश गरेको छ। न्यायाधीश डा. मनोजकुमार शर्माको इजलासले लिखित जवाफ पेश गर्न आदेश गरेको हो। 

दाहालविरुद्ध अधिवक्ता समिर हायूले आइतबार सर्वोच्च अदालतमा अवहेलनासम्बन्धी मुद्दा दायर गरेका थिए।

मंगलबार पेशी तोकिए पनि हेर्न नभ्याइएपछि आजका लागि तोकिएको थियो। दाहालले देशका विभिन्न स्थानमा आयोजित सभामा अदालतमा विचाराधीन मुद्दाका विषयमा अभिव्यक्ति दिनुका साथै न्यायाधीशहरुलाईसमेत लक्षित गरेर बोलेको भन्दै कारवाही गरिपाउँ भन्दै रिट दर्ता गरेका थिए। 

यसअघि प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वसभामुख दमननाथ ढुंगाना र चार पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध पनि अवहेलना मुद्दा दर्ता भएको छ । उनीहरूलाई आफैं उपस्थित भएर लिखित जवाफ पेस गर्न आदेश भइसकेको छ ।

प्रकाशित: Feb 03, 2021| 10:24 बुधबार, माघ २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।