बुटवल– नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले कोरोना महामारीमा पत्रकारहरूको श्रम शोषण गर्ने मिडिया हाउसविरूद्ध आन्दोलन गरेपछि सुधार भएको बताएका छन्।
उनले कोरोनाका बेला सञ्चारगृहले विभिन्न वहाना बनाएर पत्रकारलाई बेतलवी विदामा राखेको र पारिश्रमिक नै नदिएको गुनासो आएपछि महासंघकै अगुवाइमा पत्रकार पुनर्वहाली गराइएको र बक्यौता रकम प्रदान गरेको बताए।
नेपाल पत्रकार महासंघ रूपन्देहीको वार्षिक साधारणसभा बुधबार बुटवलमा उद्घाटन गर्दै अध्यक्ष आचार्यले पत्रकार महासंघ श्रमजीवी पत्रकारको पक्षमा निरन्तर लाग्ने बताए।
ठूला मिडिया हाउसले कोरोनाको वहानामा श्रमजीवी पत्रकारलाई पारेको समस्या हल भइसकेको बताउँदै उनले जिल्ला संवाददाताको लिस्ट तयार पारेर पत्रकारको हितमा लाग्ने बताए।