धनगढी- कैलालीमा कर्तव्य ज्यान मुद्दामा फरार १६ वर्षपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको धनगढी उप-महानगरपालिका–१४, त्रिपन्न गाउँका ४२ वर्षीय डबलबहादुर पल्लीमगर रहेको प्रहरीले जनाएको छ।
२०६१ कर्तिक २७ गते देउसी भैली खेल्ने क्रममा सोही ठाउँका २९ वर्षीय जंगबहादुर सिँजापतिलाई पल्लीमगरसहितको समूहले चक्कु प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले बताए।
घरमा लुकिछिपी बसेको अवस्थामा उनलाई पक्राउ गरिएको बिष्टले बताए। घटनामा संलग्न अन्यको समेत खोजी भइरहेको उनले बताए।