शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सडक आन्दोलन सशक्त बनाउने दाहाल–नेपाल समूहको निर्णय, यस्ता छन् कार्यक्रम

सडक आन्दोलन सशक्त बनाउने दाहाल–नेपाल समूहको निर्णय, यस्ता छन् कार्यक्रम

नेकपा दाहाल–नेपाल समूह सरकारविरुद्ध थप सशक्त रुपमा प्रस्तुत हुने भएको छ।
 |  बुधबार, माघ २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ २१, २०७७

काठमाडौं– नेकपा दाहाल–नेपाल समूह सरकारविरुद्ध थप सशक्त रुपमा प्रस्तुत हुने भएको छ।  

सरकारले संवैधानिक पदहरुमा गैरकानुनी नियुक्ति गरेको विषयमा विरोध गर्दै आन्दोलनका कार्यक्रम थप सशक्त बनाउने निर्णय गरेको बुधबार आयोजित पत्रकार सम्मेलनमा नेत्री पम्फा भुसालले जानकारी दिइन्। 

संवैधानिक निकायका पदाधिकारीलाई जबरजस्ती ढंगमा शपथ खुवाइएपछि सचिवालय बैठकले आन्दोलनका कार्यक्रम थप सशक्त निर्णय गरेकाे हो। 

उक्त समूहले सर्वसाधारणको दैनिकीमा गम्भीर असर पर्ने गरी बन्दहडताललगायतका कार्यक्रम सार्वजनिक गरेको छ। यसअन्तर्गत भोलि बिहीबार देशव्यापी हडताल आयोजना गरिएको भुसालले बताइन्।

यसैगरी बुधबार साँझ  काठमाडाैंमा मसाल जुलुस निकाल्ने  पार्टीकाे तयारी छ।

बिहीबारकाे हडतालमा परीक्षार्थीहरुले प्रवेशपत्र देखाएर आफ्नो साधन चलाउन पाउने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

उनले भने, ‘यो सर्वसाधारणलाई दुःख दिने र सताउने नियत होइन। हामी यसबारे पार्टीका तर्फबाट क्षमा माग्छौं।’ उनले संविधान र लोकतन्त्र रक्षाका निम्ति नेपाली जनताले साथ दिने विश्वास व्यक्त गरे। उनले भने, ‘हाम्रो आन्दोलन शान्तिपूर्ण हुनेछ।'

देश आन्दोलनमै रहेको अवस्थामा सरकार र राष्ट्रपति मिलेर बलमिच्याइँपूर्वक संवैधानिक परिषद्मा पदाधिकारी नियुक्त गरी शपथ गराइएको, सभामुखलाई संवैधानिक परिषद् बैठकमा नबोलाइएको र संसदीय सुनुवाइ नै नगरी नियुक्ति गरिएको भन्दै उक्त समूहले विरोध गरेको हो।

पार्टीले त्यसलाई खारेज गर्न माग गरेको छ। संविधान र लोकतन्त्रको रक्षा गर्न संघर्षलाई अझ सशक्त बनाउनु सबैको कार्यभार रहेको पत्रकार सम्मेलनमा बताइयो। 

उक्त समूहले मन्त्रिपरिषद् विस्तार, राष्ट्रिय भूमिअधिकार आयोगमा नियुक्ति, पूर्वप्रधानन्यायाधीशमाथि लाञ्छना, नागरिक आन्दोलनमाथि भएकाे दमनको विरोध गरेको छ। 

प्रकाशित: Feb 03, 2021| 08:24 बुधबार, माघ २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।