शुक्रबार, भदौ १९, २०८३

फेवा किनारमा रेलिङ नराख्न माग

पोखराको प्रसिद्ध फेवाताल किनारमा निजी कम्पनीले राख्न लागेको रेलिङका कामलाई तत्काललाई रोक्न सम्पदा अधिकारकर्मीले माग गरेका छन्।
 |  बुधबार, माघ २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ २१, २०७७

पोखरा– पोखराको प्रसिद्ध फेवाताल किनारमा निजी कम्पनीले राख्न लागेको रेलिङका कामलाई तत्काललाई रोक्न सम्पदा अधिकारकर्मीले माग गरेका छन्।

पोखराको बाराहीघाटदेखि पहारीघाटसम्म करिब २०० मिटर रेलिङ लगाउन पोखरा महानगरपालिका–६ ले स्लास प्लस प्रालिलाई अनुमति दिएसँगै अगाडि बढेको कार्यलाई रोक्न माग गरिएको हो। 

सूचनाको हकका लागि राष्ट्रिय वडा सञ्जालका पोखरा–६ का  अध्यक्ष अनिल थापा र राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपालका अध्यक्ष विष्णुहरि अधिकारीले उक्त कार्य रोक्न पोखरा महानगर प्रमुख मानबहादुर जिसीलाई ध्यानाकर्षणपत्रसमेत बुझाएका थिए। प्रमुख जिसीले फेवातालको सौन्दर्य असर पार्ने कार्य महानगरबाट नहुने जनाउँदै वस्तुुस्थिति बुझेर कार्य गरिने प्रतिबद्धता व्यक्त गरे।

सम्पदा अधिकारकर्मी अधिकारीले प्राकृतिक सम्पदामा पार्ने दीर्घकालीन असरलाई ध्यान नदिई व्यापारिक प्रयोजनका लागि रेलिङ लगाउन दिनु उपयुक्त नभएको बताए। “फेवातालको जुन सुन्दरता छ, त्यसलाई प्राकृतिकरुपमा नै छोड्नुपर्छ, कृत्रिम कुरा धेरै हुन थाले, यसले प्राकृतिक सम्पदाको दोहन गर्छ र फेवातालको सुन्दरता गुम्छ,” उनले भने, “सिमसार क्षेत्रमा सूचीकृत एवम् पोखराको प्राकृतिक सम्पदाको गहना फेवाताल कुुरुप बनाउने कार्य तथा वातावरणमैत्री क्रियाकलापप्रति बेवास्ता गर्दै विज्ञापन प्रयोजनका निम्ति आर्थिक प्रलोभनमा यस्ता कार्य भएका छन् यसलाई रोक्नुपर्छ।” 

अधिकारीले पोखरा महानगरले फेवाताल, पाताले छाँगो, सराङकोट भ्यू टावर, सेती खोँच जस्ता महत्वपूर्ण प्राकृतिक सम्पदालाई समेत ४० वर्षका लागि निजी क्षेत्रलाई भाडामा दिने तयारी गरेको उल्लेख गर्दै यसको पनि विरोध गरेको बताए। “विज्ञ र सरोकारवालाको सुझावविना मनपरी तरिकाले भाडामा दिने कार्यले राम्रो नतिजा दिँदैन, त्यसैले पर्याप्त छलफल विना यस्ता कार्य गरिएमा यसको विरोध गरिनेछ,” उनले भने।
–रासस

प्रकाशित: Feb 03, 2021| 07:39 बुधबार, माघ २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।