आइतबार, चैत १, २०८२

महिला लिग : पहिलो हाफमा आर्मीलाई ८ गोलको अग्रता

राष्ट्रिय महिला लिगअन्तर्गत (बुधबार) जारी खेलमा त्रिभुवन आर्मी क्लब र चौदण्डी गढी नगरपालिका प्रतिस्पर्धा गरिरहेका छन्।
 |  बुधबार, माघ २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ २१, २०७७

काठमाडौं – राष्ट्रिय महिला लिगअन्तर्गत (बुधबार) जारी खेलमा त्रिभुवन आर्मी क्लब र चौदण्डी गढी नगरपालिका प्रतिस्पर्धा गरिरहेका छन्।

National life

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलमा आर्मीले पहिलो हाफमा ८–० गोलको अग्रता बनाएको छ। 

आक्रामक प्रदर्शनमा उत्रिएको आर्मीकी हेमा चौधरीले तेस्रो मिनेटमै गोल गरेकी थिइन्। 

छैटौं मिनेटमा शर्मिला थापाले गोल गरिन् भने आठौं मिनेटमा अञ्जली वाइबाले टिमका लागि तेस्रो गोल गरिन्।

१० मिनेटमै ३–० गोलले अघि रहेको आर्मीकी शर्मिलाले १३ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेकी थिइन्।

Laxmi sunrise bank
kumari

दबाबमा रहेको चौदण्डीले १५ औं मिनेटमा निता राईको ठाउँमा पूर्णमाया राईलाई मैदान प्रवेश गराएको थियो। तर पनि चौदण्डी खेलमा जम्न सकेन।

२३ औं मिनेटमा गोल गर्दै शर्मिलाले ह्याट्रिक पूरा गरिन्। थापाले नै २९ औं मिनेटमा गोल गर्दै टिमलाई ६–० गोलको अग्रता दिलाइन्।

२८ औं मिनेटमा चौदण्डीले युनिका राईको ठाउँमा सन्ध्या रम्तेललाई मैदान प्रवेश गरायो। तर पनि टिमका तर्फबाट कुनै गोल हुन सकेन।

आर्मीकी ३० औं मिनेटमा विमला चौधरीले सहज गोल गरिन् भने शर्मिलाले व्यक्तिगत पाँचौं गोल गरिन्।

चौदण्डीलाई पछिल्लो खेलमा सशस्त्र प्रहरीको विभागीय टिम एपीएफले २२–० गोलअन्तरले हराएको थियो।
 

प्रकाशित: Feb 03, 2021| 06:46 बुधबार, माघ २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।