आइतबार, असोज ४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ट्राफिक उल्लंघनको जरिवाना तिर्न बैंक जानु नपर्ने, यसरी तिर्न सकिन्छ इसेवाबाट

ट्राफिक उल्लंघनको जरिवाना तिर्न बैंक जानु नपर्ने, यसरी तिर्न सकिन्छ इसेवाबाट

ट्राफिक उल्लंघन गरेबापतको जरिवाना अबदेखि इसेवाबाट भुक्तानी गर्न सकिने भएको छ। 
 |  बुधबार, माघ २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ २१, २०७७

काठमाडौं– ट्राफिक उल्लंघन गरेबापतको जरिवाना अबदेखि इसेवाबाट भुक्तानी गर्न सकिने भएको छ। 

महानगरिय ट्राफिक महाशाखा तथा अन्य मातहतका कार्यालयमा सवारी उलंघन गरेबापत तिर्नुपर्ने जरिवाना रकम इसेवाबाट भुक्तानी गर्न मिल्ने भएको हो। 

अनलाइन भुक्तानी सम्बन्धी सम्झौतापत्रमा इसेवाका तर्फबाट प्रमुख सञ्चालन अधिकृत रोशन लामिछाने र महाशाखाका तर्फबाट वरिष्ठ प्रहरी उपरिक्षक जनक भट्टराईले हस्ताक्षर गरेका छन्।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लंघन गरेबापत तिर्ने जरिवानालाई अनलाइनबाट पनि भुक्तानी गर्न मिल्ने गरी टीभीआरएस (ट्राफिक भायोलेसन रेकर्ड सिस्टम)  सफ्टवेयर विकास गरेसँगै अनलाइन भुक्तानीको सेवा सुरू भएको हो। 

अनलाइन भुक्तानी गर्दा जरिवानाबापतको राजस्व रकम सिधै सरकारी राजस्व खातामा जम्मा हुनेछ। यसले गर्दा जरिवानाबापतको रकम ट्राफिक प्रहरी कार्यालयमै पुगेर तोकिएको बैंकमा जम्मा गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ भने सवारी चालकले घरमै बसेर अनलाइन भुक्तानी गर्न सक्नेछन्।

सवारी चालकले ट्राफिक प्रहरीले काटेको चिट नम्बर उल्लेख गरेपछि ट्राफिक उल्लंघन गरेको कसुर र जरिवाना रकम देखाउनेछ। सोही ठाउँमा मागिएको विवरण भरी सहजै इसेवाबाट रकम भुक्तानी गर्न सकिनेछ।

इसेवा एकाउन्ट नभएका व्यक्तिले नजिकै रहेको कुनैपनि इसेवा जोन तथा पोइन्टमा गएर समेत जरिवाना रकम भुक्तानी गर्न सकिनेछ। 
 

प्रकाशित: Feb 03, 2021| 06:23 बुधबार, माघ २१, २०७७
प्रतिक्रिया दिनुहोस्