आइतबार, असोज ४, २०८३

प्रदेश २ मा आइएमई भरोसा कोषको रकम वितरण 

 |  बुधबार, माघ २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ २१, २०७७

काठमाडौं– कोरोना भाइरस (कोभिड–१९) महामारीबाट विदेशमा मृत्यु भएका श्रमिकका आफन्तलाई सहयोग गर्ने उद्देश्यका साथ स्थापित आइएमई ‘भरोसा कोष’ अन्तर्गत प्रदेश. २ का लाभग्राहीहरूलाई रकम हस्तान्तरण गरिएको छ।

आइएमई ग्रुपद्वारा मंगलबार प्रदेश २ को राजधानी जनकपुरमा आयोजित  कार्यक्रममा प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले उक्त कोषबाट रकम प्राप्त गर्ने १५ जना लाभग्राहीहरुलाई चेक हस्तान्तरण गरे।

चेक हस्तान्तरण कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल एवमं ग्रुपमा कार्यरत उच्चपदस्थ कर्मचारीहरुको सहभागिता थियो।
 

प्रकाशित: Feb 03, 2021| 05:38 बुधबार, माघ २१, २०७७
प्रतिक्रिया दिनुहोस्