आइतबार, असोज ४, २०८३

अजोड इन्स्योरेन्स र मिग होल्डिङ्सबीच सम्झौता

 |  बुधबार, माघ २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ २१, २०७७

काठमाडौं– अजोड इन्स्योरेन्स लिमिटेड र मिग होल्डिङ्स लिमिटेडबीच सामूहिक दुर्घटना बिमासम्बन्धी सम्झौता भएको छ।

मंगलबार आयोजित एक कार्यक्रममा अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री र मिग होल्डिङ्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन थापाले सहमतिपत्रमा हस्ताक्षर गरेका छन्।

सहमतिसँगै अजोड इन्स्योरेन्स लिमिटेडबाट मिग होल्डिङ्स लिमिटेडका कर्मचारी तथा लगानीकर्ताले सामूहिक दुर्घटना बिमासम्बन्धी सेवासुविधा लिन सक्ने मिग होल्डिङ्स लिमिटेडले जनाएको छ। 
 

प्रकाशित: Feb 03, 2021| 05:36 बुधबार, माघ २१, २०७७
प्रतिक्रिया दिनुहोस्