काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर विक्रम लामाको कतारमा खुट्टाको सफलतापूवर्क शल्यक्रिया गरिएको छ।
सन २०१८ मा दायाँ खुट्टामा चोट लागेका लामालाई गत साता उपचारका लागि कतार लगिएको थियो। खुट्टामा राखिएको सपोर्ट निकालेर लामाको शल्यक्रिया गरिएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ। शल्यक्रियापछि उनको अवस्था सामान्य छ। लामाको केही दिनमै फिजियोथेरापी गरिने छ।
घुँडामा चोट लागेका अर्का फुटबल खेलाडी विमल घर्तीमगरको भने शल्यक्रिया गर्न अझै समय लाग्ने एन्फाले जनाएको छ। मगरलाई पनि उपचारका लागि एन्फाले गत साता कतार पठाएको थियो। अब उनको उपचार अर्थोपेडिक र स्पोट्स विशेष मेडिसिन अस्पताल, स्पेटेरमा हुनेछ।
उनी प्रशिक्षणका क्रममा घाइते भएका थिए। एन्फाले कतार फुटबल संघसित समन्वय गरेर दुवै खेलाडीलाई उपचारका लागि कतार पठाएको हो। लामा थ्री स्टार क्लबका कप्तानसमेत हुन्।