शनिबार, असार २७, २०८३

दोस्रो मिनेटमा रेडकार्ड अनि युनाइटेडको गोल वर्षा 

इंग्लिस प्रिमियर लिग(ईपीएल) अन्तर्गत मंगलबार राति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले ९–० गोलको रेकर्ड जित निकालेको छ।
 |  बुधबार, माघ २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ २१, २०७७

काठमाडौं- इंग्लिस प्रिमियर लिग(ईपीएल) अन्तर्गत मंगलबार राति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले ९–० गोलको रेकर्ड जित निकालेको छ।

उसले साउथह्याम्टनविरुद्ध ऐतिहासिक जित निकाल्दै आफ्नै पुरानो रेकर्डसँग बराबरी गरेको छ।

युनाइटेडले १९९५ मा इस्विच टाउनविरुद्ध ईपीएलमा ९–० गोलको जित निकाल्दै नयाँ रेकर्ड बनाएको थियो। त्यसपछि कुनै क्लबले यो रेकर्ड तोड्न सकेका छैनन्।

बरु सन् २०१९ मा लेस्टर सिटीले साउथह्याम्टनविरुद्ध सोहि रेकर्डसँग बराबरी भने गरेको थियो।

प्रिमियर लिगमा सबैभन्दा ठूलो गोलअन्तर भएका यिनै तीन खेल हुन्। जसमा तेस्रो जित गएरातिको खेलमा उपाधि दावेदार म्यानचेस्टर युनाइटेडले साउथह्याम्टनविरुद्ध नै निकाल्यो।

युनाइटेडको जितका लागि एन्थोनी मार्सलले दोहोरो गोल गरे। त्यस्तै, आरोन वान विसाखा, मार्कस रासफर्ड, एडिसन काभानी, स्कट म्याक टोमिनी, ब्रुनो फर्नान्डेस र ड्यानियल जेम्सले समान १–१ गोल गरे।

यसबाहेक साउथह्याम्टनका जान बेड्नरेकले आत्मघाति गोल गर्दै युनाइटेडलाई थप एक गोल उपहार दिए।

खेलको दोस्रो मिनेटमै साउथह्याम्टनका अलेक्जेन्डर जान्वेविट रेड कार्ड खाँदै बाहिरिएपछि धरापमा परेको साउथह्याम्टनविरुद्ध गोल वर्षा सम्भव भएको हो।

जहाँ पहिलो हाफमै उसले ४–० गोलको लिड लियो। दोस्रो हाफमा पनि थप तीन गोल गरिसकेको अवस्थामा साउथह्याम्टनका अर्का खलाडीले पनि रातो कार्ड पाए।

बेड्नरेकले ८५ औं मिनेटमा रातो कार्ड खाँदै बाहिरिएपछि ९ खेलाडीमा सीमित साउथह्याम्नविरुद्ध थप दुई गोल गर्दै युनाइटेडले आफ्नै रेकर्डसँग बरबारी गर्यो।

यससँगै १३ पटकको प्रिमियर लिग विजेता सर एलेक्स फग्र्युसनले बनाएको रकेर्डसँग अहिलेका प्रशिक्षक ओले गनर सोल्सायरले बराबरी गरेका हुन्। फग्र्युसनले क्लब छोडेयता पहिलोपटक सोल्सायरले क्ल्बलाई लिगको शीर्षस्थानमा पनि पुर्याइसकेके छन्।

तर पछिल्ला केही खेलमा औषत प्रदर्शन गरेर लिग टेबमा पछि परेको युनाइटेड पुनः शीर्षस्थानतिर फर्किएको छ।

गएरातिको जितसहित युनाइटेडले शीर्षस्थानको म्यानचेस्टर सिटीसँग अंक बराबरी बनायो।

समान ४–४ अंक भए पनि गोलअन्तरका आधारमा पछि पर्दै युनाइटेड दोस्रो स्थानमा छ।

त्यस्तै, लिभरपुल ४० अंकका साथ तेस्रो स्थानमा छ। भने चौथो स्थानमा भएको लेस्टरको ३९ अंक छ।

यता गएराति लज्जास्पद हार बेहोरेको साउथह्याम्टन १२ औं स्थानमा छ।
 

प्रकाशित: Feb 03, 2021| 02:05 बुधबार, माघ २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।