काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले बूढीगण्डकी जलविद्युत् आयोजनाको निर्माण कार्यलाई अघि बढाइने बताएका छन्।
मन्त्रालयमा मंगलबार बूढीगण्डकी राष्ट्रिय सरोकार समितिका प्रतिनिधिसँगको छलफलमा उनले छिट्टै शिलान्यास गरिने बताएका हुन्।
मन्त्री रायमाझीले आफू पहिलोपटक ऊर्जामन्त्री हुँदा पटक–पटक निर्माणस्थलमै गएर विभिन्न समस्या तथा चुनौती हटाउने कार्यमा जुटेको भए पनि छोटो समयमै सरकार ढलेका कारण निर्माण कार्य अघि बढ्न नसकेको बताए।
उनले विभिन्न जलविद्युत् आयोजनाको निर्माण कार्य चलिरहेको भन्दै मुलुक अब विद्युत् बिक्री गर्ने अवस्थामा पुगेको पनि बताए।
रायमाझीले आफू अघिल्लो पटक ऊर्जामन्त्री ९९ बुँदे कार्ययोजना बनाएको कारण लोडसेडिङ् अन्त्य भएको पनि दाबी गरे।
रासस