आइतबार, असोज ४, २०८३

ग्लोबल आइएमई बैंकका तीन नयाँ शाखा सञ्चालनमा 

 |  मंगलबार, माघ २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २०, २०७७

काठमाडौं– ग्लोबल आइएमई बैंकले मंगलबार थप तीनवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। 

बैंकले सुनसरी जिल्लाको रामधुनी नगरपालिका ५ झुम्का, दाङ जिल्लाको लमही नगरपालिका ५ लमही र पूर्वी रुकुम जिल्लाको सिस्ने गाउँपालिका ६ छिप्रिदहमा आफ्ना नयाँ शाखाहरु सञ्चालनमा ल्याएको हो। 

तीनवटा नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयहरुको संख्या २६७ पुगेको छ । त्यस्तै बैंकले ४७ एक्स्टेन्सन काउण्टर, २४५ शाखा रहित बैंकिङ्ग सेवा तथा २४० एटीएम र तीन अन्तर्राष्टिय सम्पर्क कार्यालयमार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ। 

बैंकमा हाल २१ लाख बढी ग्राहक छन् । 
 

प्रकाशित: Feb 02, 2021| 12:20 मंगलबार, माघ २०, २०७७
प्रतिक्रिया दिनुहोस्