शनिबार, असार २७, २०८३

काठमाडौं मेयर कप चैत मसान्तभित्र हुने

काठमाडौंमा आयोजना हुने काठमाडौं मेयर कप आगामी चैत मसान्तभित्रमा हुने भएको छ। 
 |  मंगलबार, माघ २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २०, २०७७

काठमाडौं– काठमाडौंमा आयोजना हुने काठमाडौं मेयर कप आगामी चैत मसान्तभित्रमा हुने भएको छ। 

नेपाल क्रिकेट संघ (क्यान) र काठमाडौं महानगरले आज (मंगलबार) सम्झौतापत्रमा हस्ताक्षर गर्दै मेयर कपबारे निर्णय भएको जानकारी क्यानले दिएको छ।

प्रतियोगिताको जानकारी दिँदै क्यानले भनेको छ, ‘काठमाडौं महानगरपालिकासँग भएको सम्झौता अनुसार क्यानले ‘काठमाडौं मेयर कप २०७७’ चैत मसान्तभित्र सञ्चालन गर्नेछ।’

उक्त प्रतियोगिता सञ्चालनको लागि काठमाडौं महानगरले क्यानलाई ५० लाख रुपैयाँ उपलब्ध गराउने आयोजकले बताएको छ। साथै प्रतियोगिता एक दिवसीय फर्म्याटमा हुने क्यानले बताएको छ। ओमनमा हुने त्रिपक्षीय शृंखलाअघि नै प्रतियोगिता सम्पन्न गर्ने क्यानको लक्ष्य छ।

यसबाट थप नयाँ खेलाडीले मौका पाउने विश्वासका साथ प्रतियोगिता गर्न लागेको क्यानले जनाएको छ। तर प्रतियोगितामा कति टिम हुने र तालिका कस्तो हुने भन्ने निर्क्योल भइसकेको छैन।
 

प्रकाशित: Feb 02, 2021| 11:55 मंगलबार, माघ २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।