शनिबार, असार २७, २०८३

चन्द्रपुरविरुद्ध वालिङको सहज जित

राष्ट्रिय महिला लिग फुटबलअन्तर्गत मंगलबार सम्पन्न खेलमा वालिङ नगरपालिका ३–० गोलले विजयी भएको छ।
 |  मंगलबार, माघ २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २०, २०७७

काठमाडौं – राष्ट्रिय महिला लिग फुटबलअन्तर्गत मंगलबार सम्पन्न खेलमा वालिङ नगरपालिका ३–० गोलले विजयी भएको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा चन्द्रपुर नगरपालिकामाथि वालिङले ३–० गोलको सहज जित निकालेको हो।

जितका लागि विदेशी खेलाडी मेथो रुथले दुई गोल गरिन् भने मिओमेग्ने डिजोमोले फ्रि किकमार्फत एक गोल गरिन्।

खेलको ३७ औं मिनेटमा गोल गर्दै रुथले वालिङलाई सुरुआती अग्रता दिलाएकी थिइन्। उनले नै पहिलो हाफको अन्त्यमा गोल गर्दा वालिङले दुई गोलको अग्रता बनाएको थियो।

दोस्रो हाफको ५३ औं मिनेटमा डिजोमोले उत्कृष्ट फ्रिकिक प्रहार गर्दै गोल गरिन्। यसका साथै तीन गोलको नतिजाले अघि रहेको वालिङले सोही नतिजाका साथ खेल जित्यो।

वालिङ नगर स्याङ्जा अंकतालिकाको चौथो स्थानमा उक्लिएको छ। त्यस्तै समान ८ अंक बनाएको पुलिस क्लब गोल डिफरेन्सका आधारमा अंकतालिकाको तेस्रो स्थानमा छ। 

तीन अंक जोडेको चन्द्रपुर छैटौं स्थानमा छ।
 

प्रकाशित: Feb 02, 2021| 11:42 मंगलबार, माघ २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।