आइतबार, चैत १, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • प्रधानमन्त्रीले भने– अब स्वर्ण पदकजति नेपाललाई, रजत र कांस्य अरूलाई 

प्रधानमन्त्रीले भने– अब स्वर्ण पदकजति नेपाललाई, रजत र कांस्य अरूलाई 

हामी सधैं दोस्रो हुनु हुँदैन। प्रथम हुन सक्छौं। अब स्वर्णजति हामी लिने रजत र कांस्य अरूलाई दिने गर्नुपर्छ।’
 |  मंगलबार, माघ २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २०, २०७७

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले अब हुने दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा स्वर्ण पदकजति सबै नेपालले जित्नुपर्ने बताएका छन्। 

National life

राष्ट्रिय खेलकुद परिषद्ले मंगलबार आयोजना गरेको अन्तरक्रियामा सम्बोधन गर्दै ओलीले  १३औं सागमा खेलाडीले ल्याएको पदकको सम्मान गर्दै अझै राम्रो गर्न हौसला दिए। 

उनले भने, ‘हामी सधैं दोस्रो हुनु हुँदैन। प्रथम हुन सक्छौं। अब स्वर्णजति हामी लिने रजत र कांस्य अरूलाई दिने गर्नुपर्छ।’

उनले खेलकुदलाई जीवन र संस्कृतिसँग जोड्नुपर्ने बताए। ओलीले भने, ‘खेलकुदका दुई क्षेत्र छन्– प्रतिस्पर्धा र जीवनको अंग।’

उनले खेलाडीलाई राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय स्पर्धामा अघि बढ्दै जान वर्चस्व कायम गर्न आग्रह गरे। 

Laxmi sunrise bank
kumari

प्रधानमन्त्रीले खेललाई जीवनको अंग पनि बनाउनुपर्ने जोड दिए। उनले भने, ‘यो अभ्यास हामीले ब्राजिल–अर्जेन्टिनामा देख्न सक्छौं। ती देशमा केटाकेटीलाई फुटबलमा अभ्यास गराइहाल्नुपर्छ भन्ने छ। त्यसैले यो जीवनसँग जोडिएको छ।’

खेललाई जीवनसँग जोड्न सकेमा त्यसले ट्यालेन्ट हन्टलाई सहयोग गर्ने र राम्रा खेलाडी जन्माउन सकिने उनको भनाइ छ।

प्रधानमन्त्रीले स्वास्थ्यका लागि खेलकुद भन्ने नारा अघि बढ्दै गरेको बताए। उनले भने, ‘खेललाई जीवनमा जोड्न सक्यौं भने औषधि सेवनलाई पर सार्छ। यसले शरीररको सेल तन्दुरुस्त राख्छ र हामी स्वस्थ हुन्छौं।’

प्रधानमन्त्रीले विधा विशेषको खेलले दक्षता बढाउने र मनोरञ्जन तथा व्यायामका लागि खेलिने खेलले धैर्य बढाउने भनाइ राखे।

ओलीले सागमा प्राप्त गरेको सफलताका लागि खेलाडीलाई बधाई दिए। उनले भने, ‘यो त अतुलनीय प्रगति हो। तर यतिमै सन्तोष गर्नु हुँदैन।’

प्रधानमन्त्री ओलीले नेपाली भूबनोट सबै खालका खेलका लागि उपयुक्त रहेको बनाए। 

उनले भने, ‘हामी धेरै उचाइमा गएर पनि खेल्न सक्छौं। जुन अन्य देशका नागरिकले सक्दैनन्। लेक लाग्ने ठाउँमा पनि मानिस बसिरहेकै छन्। उनीहरू त्यहाँ फुर्तीसाथ काम गरेका छन्।’ 

उनले नेपालीमा खेलमा आवश्यक पर्ने साहस र क्षमता दुवै रहेको बताए। 

खेलाडीलाई सघाउन सरकार तयार

भर्खरै विश्वको दोस्रो अग्लो शिखर केटू आरोहण गरेको टोलीले देशको गौरव बढाएको बताए।  

उनले भने, ‘खेलमा गरिएको लगानीले धान–मकै त उत्पादन हुँदैन तर यसले दशको स्वाभिमान उँचो बनाउँछ।’

उनले नेपालको इतिहासमा जहिल्यै विजयी भए पनि खेलमा हार्दै गएका कारण देशको गरिमा बिग्रंदै गएको बताए।

प्रधानमन्त्रीले देश कसैको उपनिवेशमा बस्नु नपरेको र कहिल्यै हार्नु नपरेको प्रसंग उल्लेख गर्दै खेलाडीलाई खेलमा नहार्न अनुरोध गरे। उनले भने, ‘यसका लागि सरकारले सहयोग गर्छ।’ प्रधानमन्त्रीले खेल क्षेत्रमा बजेट पनि बढाइने आश्वासन दिए।

प्रकाशित: Feb 02, 2021| 10:23 मंगलबार, माघ २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।