शुक्रबार, भदौ १९, २०८३

प्रदेश २ को पहिलो आवधिक योजना सार्वजनिक

प्रदेश २ को नीति तथा योजना आयोगले प्रदेश सरकारको पहिलो आवधिक योजना पुस्तक सार्वजनिक गरेको छ। 
 |  मंगलबार, माघ २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २०, २०७७

जनकपुरधाम– प्रदेश २ को नीति तथा योजना आयोगले प्रदेश सरकारको पहिलो आवधिक योजना पुस्तक सार्वजनिक गरेको छ। 

आयोगले पहिलो आवधिक योजना पुस्तकका साथै नेपाल प्रोभिन्सियल प्लानिङ बेसलाइन एण्ड स्ट्राटेजिक अप्सन फर प्रोभिन्स २ नामक पुस्तक समेत सार्वजनिक गरेको हो।  

प्रदेश २ को नीति तथा योजना आयोगले मंगलबार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आयोजित एक कार्यक्रममा आयोगका अध्यक्ष समेत रहेका मुख्यमन्त्री लालबाबु राउतले दुवै पुस्तक सार्वजनिक गरेका हुन्। 

पुस्तक सार्वजनिक गर्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारको अबको लक्ष्य प्रदेश गौरवका आयोजनाहरुको छनौट गरी प्रदेशको विकासतर्फ ध्यान पुर्याउनु रहेको बताए।

उनले पहिलो आवधिक योजनाले प्रदेशमा अगामी पाँच वर्षभित्र गर्नुपर्ने विकासको लक्ष्य निर्धारण गर्नुका साथै अगामी दिनमा प्रदेश सरकारले गर्ने कामहरुको विस्तृत विवरण समेटिएकोले अगामी दिनको नीति तथा कार्यक्रम एवं बजेट निर्माण गर्दा सहज हुने बताए। 

नीति आयोगमा पदाधिकारीहरु नियुक्त हुन नसकेको अवस्थामा समेत आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा सहितको टिमले गर्दै आएका कामको मुख्यमन्त्री राउतले प्रशंसासमेत गरे । 

कार्यक्रममा नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाले आयोगले अन्य ६ वर्षभन्दा बढी काम गरेको दावी गरे। उनले आयोग पूर्णता पाउन नसके पनि अन्य प्रदेशहरुको तुलनामा राम्रा राम्रा कामहरु आयोगले गरेको स्पष्ट पारे। 

कार्यक्रममा प्रमुख सचिव गोकर्णमणि दुबाडी, कानुन सचिव टिकाराम पाण्डे सहितको उपस्थिति रहेको थियो।

प्रकाशित: Feb 02, 2021| 10:02 मंगलबार, माघ २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।