काठमाडौं– विभाजित नेकपाको दाहाल–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहालविरुद्धको अवहेलना मुद्दामा मंगलबार तोकिएको पेशी सरेको छ।
आज उक्त मुद्दामा सुनुवाइ भएन। सर्वोच्च अदालतमा दर्ता गरिएको अवहेलना मुद्दा न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासमा पेशी तोकिएको थियो। तर आज इजलासको बेन्च बस्न नभ्याएपछि पेशी सरेको हो।
आइतबार अधिवक्ता समिर हायूले अदालतको अवहेलना मुद्दा दर्ता गरेका थिए।
यसअघि प्रधानमन्त्री केपी ओलीसहित पूर्वसभामुख दमननाथ ढुंगाना, पूर्व प्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्धको रिट निवेदनको सुनुवाइ पनि शर्माकै इजलासमा भएको थियो।
उनीहरुलाई शर्माकै इजलासले सात दिनभित्र लिखित रूपमा आफैं उपस्थित भएर जवाफ दिन आदेश गरेको थियोे।